नातीद्धारा आफ्नै हजुर आमाको निर्मम तरिकाले हत्या

वीरेन्द्र रावल धनगढी ,असार २४÷भगवान सरहकी आफ्नै हजुर आमालाई एक नरपिचार नातीलेनै भाला र धारिलो हतियार प्रयोगगरी हत्या गरेको छ।

कैलाली जिल्लाको चुरे गाउँपालिका वडानम्बर ६ भावरका गणेश बहादुर ऐरले हजुरआमा ७५ बर्षिया पार्वती देवी ऐरलाई मंगलबार हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले हत्यामा संलगन मृत्तकका नाती गणेशलाई घरमै लुकेर बसेको अवस्थामा मृत्त शरिरलाई घरनजिकै बारमिा स्याउलाले ढोकेका अवस्थामा पक्राउ गरेको थियो।

हत्याका बारेमा प्रहरीलाई खबर भएपछि ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिई गएको टोलीले गणेशलाई पक्राउ गरेको थियो।

७५ वर्षिया पार्वतीदेवी ऐरको हत्या गरेको जानकारी पछि बुधबार बिहान ईलाका प्रहरी कार्यालय फल्टुडेले गरेपछि मात्र गणेश पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव पउरीक्षक प्रतिक बिष्टका अनुसार घरको पश्चिम पट्टी अरहरको झारले लाशलाई छोपीएको थियो। उनलाई घरबाट नै प्रहरीले पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको पनि बिष्टले जनाउनु भएको छ। – इनेप्लिज