कोरोनाको डर त्यस माथी आफ्नो कलेजो को टुक्रा सम्झिदै पिडा पोखे महेश अवस्थीले (भिडियो सहित)

बैतडीको सुर्नया गाउँपालिका ६ का २ महिने शिशु शिवांश अवस्थीको उपचारका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ र अहिले सम्म शिवांशका बाबाले २० लाख जति रकम उठी सकेको र बाकी उठ्ने क्रम जारी छ भन्दै स्कटनेपाल लाई जानकारी गराउनु भयो । महेश अवस्थी अहिले काठमाडौँ मा हुनुन्छ भने उनको छोरा र श्रीमती अहिले तमिल नाडू चेन्नइमा हुनु हुन्छ । कोभिड १९ प्रकोप को कारणले अहिले पुरै रकम उठ्न गार्हो भएको र यसले गर्दा खेरी आफु पनि अहिले एक्लै बस्नु पर्ने बाध्यता हामीलाई जानकारी गराउनु भयो । शिवांश बचाऔं अभियान अन्तर्गत अहिले सम्म विभिन्न सरकारी तथा गैरसरकारी निकाय र व्यक्तिहरुबाट सहयोग रकम संकलन भईरहेको शिवांश बुवा महेश अवस्थीले जानकारी हामीलाई गराउनु भयो।

भारतको चेन्नइमा आफ्नै कलेजो दिएर छोराको उपचारमा रहनुभएका महेश अवस्थीले विभिन्न क्षेत्रबाट सहयोग भईरहेको बताउनुभएको छ । छोराको उपचारमा आर्थिक अभाव भएकाले सहयोग गर्न पनि उहाँले सबै सहयोगी महानुभावहरुमा आग्रह समेत गर्नुभएको छ ।
शिवांशको अहिले पनि चेन्नईमा उपचार भईरहेकाले सहयोगी महानुभावहरुले सहयोग गर्न हुने महानुभावहरुले महेशप्रसाद अवस्थीको एनसीसी बैंक बैतडीमा रहेको खाता नम्बर ०२०००००१६४४१०, बैतडीमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३१०७०१०००९९४७ र नेपाल इन्भेष्टमेन्ट बैंक सतबाँझ बैतडीको खाता नम्बर ०६५०५०५२५४११३ रकम जमा गर्न सक्नु हुनेछ । यस्तै मोबाइल नम्बर ९८५८७५२०९९ मा पनि सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।

हेर्नु होस् अहिलेको दर्शकहरुको लागी थप अपडेट भिडियो :