कोरोनाको रोकथाम गर्ने र लड्ने क्षमता हाम्रो हातमा छ : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ :

– कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय १०० % घरभित्र बस्ने हो | सरकारले लक डाउन गर्ला वा नगर्ला, कडा गर्ला वा लचिलो गर्ला – हामी १ महिना घरभित्र बस्यौं भने ठूलो खड्को काट्नेछौं |

– अमेरिका, युरोप, कोरिया, जापान, इरान लगायतका देशमा नयाँ संक्रमण अब तीब्र गतिमा घट्छ | यो १ महिना घरभित्र बस्दा यी देशहरु सुरक्षित हुनेछन | अस्ट्रेलिया, भारत, खाडी मुलुक तथा अफ्रिकामा कडा लक डाउन र ब्यापक परिक्षण हुँदैछ | लक डाउन, क्वारेन्टाइन, आइसोलेसन र उपचारको कारण यी देशमा ६ हप्तामा स्थिति नियन्त्रणमा आउनेछ |

– नेपाल हालसम्म सुरक्षित छ | सरकारले लक डाउन भारतको समानान्तर बढाउने, बोर्डर शिल गर्ने, परिक्षण / क्वारेन्टाइन / आइसोलेसन लाई थप मजबुत बनाउँदा नेपालमा खतरा देखिदैन | सीमाका स्थानीय जनतासंग सरकारले एकाकार भएर शशस्त्र प्रहरीसंगै बाक्लो गस्ती बढाउने काम गरेमा नेपाल थप सुरक्षित हुन्छ |

– कोरोना भाइरसको पुस्तान्तरण हुने तथा नयाँ रुपमा स्वरूप परिवर्तन हुने प्रक्रियाको अध्ययन गर्दा उत्तरोत्तर कान्छो पुस्ता कमजोर हुँदै गएको छ | पहिलो ओरिजिनल स्ट्रेन जुन बुहान, इटाली, स्पेन, फ्रान्स, बेलायत, अमेरिका लगायतका देशमा फैलियो, त्यसपछिको पुस्ता कमजोर देखिएको अनुसन्धानले देखाएको छ | तसर्थ अब संसारका सबै देशमा मोडरेट हुँदै माइल्ड अर्थात सामान्य संक्रमण मात्र हुने र नयाँ संक्रमितको मृत्युदर निकै कम हुनेछ |

– कोरोना भाइरस फैलाबटको अध्ययन गर्दा धेरै नयाँ तथ्य फेला परिरहेका छन् | यो भाइरस संक्रमित व्यक्ति खोक्दा, छ्युं गर्दा, सुसेली हाल्दा तथा घुर्दा १३ फिटसम्म पुग्ने र सामान्य कुराकानी गर्दा ८ फिटसम्म पुग्न सक्ने अध्ययनले जनाएको छ | तसर्थ व्यक्तिगत दुरी बढाउनु अत्यावश्यक छ | यो तथ्यमा हामी चनाखो हुनु जरुरी छ |

– त्यस्तै कोरोना संक्रमितको उपचार तथा स्याहार गर्ने व्यक्तिको जुत्ताको सोलबाट संक्रमण धेरै समयसम्म सर्न सक्ने भएकोले अस्पताल बाहिर निस्केपछि चप्पल / जुत्ता त्यहीं छोड्नुपर्ने, खुट्टा संक्रमणरहित बनाएर अर्को जुत्ता अनिबार्य लगाउनु पर्ने तर्फ ध्यान दिनु जरुरी छ |

– विश्व स्वास्थ्य संगठनले पहिले भनेको धारणामा परिवर्तन गरेको छ | तदनुसार बाहिर निस्कदा सबै व्यक्तिले अनिबार्य रुपमा मास्क लगाउनु पर्दछ | मास्क उपलब्ध नभए कपडाको २-३ लेयर भएको मास्क, छिद्र नभएको सल आदि भएपनि लगाउँदा थप सुरक्षित हुन सकिन्छ |

– कोरोना संक्रमण भएपनि इम्युनिटी पावर हाइ भएमा डर मान्नुपर्दैन | रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पोषिलो खाना, व्यायाम, मनोरन्जन, पर्याप्त निद्रा, योग, सकारात्मक सोंचलाई उत्तरोत्तर ख्याल गर्ने कुरा हाम्रो हातमा छ |

– अहिले विश्वका सयौं प्रयोगशालामा खोप तथा औषधिको अनुसन्धान भइरहेको छ | ती अनुसन्धान मान्छेमा प्रभाबकारी देखिएका छन् | आशा गरौँ, ती उत्पादन विश्व बजारमा छिटो आउनेछ |

– नबिर्सौं, कोरोना संक्रमण तथा जोखिम हाम्रो हातमा छ | घरमै बसौं, इम्युनिटी पावर बढाऔं, चिन्ता नगरौं |