मोबाईलमै प्रमाण बोकेर आईन् कुमार कार्कीकी श्रीमती, १० लाखमै डिभोर्स मागेको खुलासा (भिडियो)

नकुल आधिकारीकी श्रीमती आफ्नो दुई छोरी सहित कुमार कार्कीसंग गएपछि अहिले नकुल अधिकारीमात्र पीडित छैनन् कुमार कार्कीकी श्रीमती चुनीमाया कार्की पनि उस्तै पीडामा छिन् । बिदेश गएको दुई बर्ष हुँदा जम्मा ४ पटक पैसा पठाए, अरु बेला कम्पनी बन्द भयो भन्दै उतै बस्दै आए । उनी नेपाल कहिले आएका थिए स्वयं श्रीमती चुनीमायालाई समेत थाहा छैन । नकुलकी श्रीमती अनुपासंग आफ्नो बुढा कुमारको लसपस भएको थाहा पाएर पनि उनले त्यसलाई हटाउन धेरै कोसिस गरेकी थिईन तर सकिनन् । अन्तः कुमार कार्कीले अनुपालाई भगाएरै छाडे । १३ बर्षका छोरो पठाउन चुनीमाया पोखरामा बस्दै आएकी छन् । कुमार कार्कीको अझै पनि अत्तोपत्तो छैन । अनुपा अधिकारी र कुमार कार्की साथै अनुपाका दुई छोरीहरु संगै बस्दै आएको अनुपा आफैले बताएकी थिईन् । उनीहरुको खोजी चुनीमाया र नकुलको परिवारले गर्दै आएको छ । चुनीमायाका अनुसार आफन्तकै सहयोगमा उनीहरु लुकेका छन् । परिवारबाट खोजतलास गर्न कुनै सहयोग नभएको उनको गुनासो छ । कुमारले बिदेशमै हुँदा दश लाखमा डिभोर्स मागेको र आफूले स्वीकार नगरेको समेत उनले खुलासा गरिन् । हेर्नुहोस् यो कुराकानीको भिडियो ।