दृस्टिबिहिन किराँत दिदिबहिनीलाई आयो यति ठूलो सहयोग,घरमै पुर्याउदा थामिएनन खुशिका आँसु हेर्नुहोस मनै छुने भिडियो

विभिन्न देश तथा बिदेशमा हुने सहयोगी नेपालीहरुले किराँती साना साना नानीहरुलाई यतिधेरै सहयोग पठाएका छन । सामाजिक संजालमा फोटो भाइरल भएसंगै सबैको नजर त्यता मोडिएको छ । भाइरल हुने क्रममा रहेको परिवारको घरमै पुग्दा सबैका आँखा रसाएका छन । मोरङ केराबारिका किराँती आँखा नदेख्ने दिदिबहिनीको बिजोक अवस्था रहेको पाइयो । घरमा दृस्टीबिहिन साना साना दुई जना छोरीहरु रहेछन । आमा र दुई छोरीहरुको यति बिजोक रहेछ कि देख्दा सबैको आँखा रसाउने रहेछ । आमा पनि राम्रोसँग आँखा नदेख्ने अनि मानसिक रुपमा पनि अशक्त रहिछिन ।

हिडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन भने बुबाले दुई बर्ष अगाडि नै यो सन्सार छाडेर गएका रहेछन साना नानिहरुको बिजोक नै भएको रहेछ । साना बालिकाहरुका बुबाले उनिहरुलाई एक्लै पारेर सन्सारै छाडेर गएपछी झनै बिजोक बनेको परिवारमा कसैको साथ नभएको पाइयो । आमाको हिड्न सक्ने अवस्था नै छैन छोरिहरु साना त्यसमाथी आँखा देख्दैनन । सारै दुर्गम ठाउँ यातायात स्वास्थ शिक्षा सबै कुराको अभाव रहेछ ।

लेटाङ निवासी समाजसेवि शान्ति पाख्रीनले फेसबुकमा नानिहरुको निकै कारुणिक फोटो हालेपछी एकाएक भाइरल बनेको थियो आज उनै शान्ति पाख्रीन,दिपक न्यौपाने, कुमार राई योबन गुरुङ र सुपर अनलाइन टिभिका संचारकर्मी तथा कलाकार समीर सुबेदी लगायत धेरै संचारकर्मीहरुको टोलि सहयोग लिएर ती साना नानिहरुको घरसम्म पुगेका छन । तपाई पनि नानीहरुलाई केही सहयोग गर्न चाहनुहुन्छ भने सुपर अनलाइन टिभीका समीर सुवेदीलाई 9814930736, मा सम्पर्क गरेर गर्नुहोला ।

त्यसैगरी शान्ति पाख्रीन 9852041560 र कुमार राई लाई 9801456999 मा सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहुनेछ । उनिहरुको घरको यस्तो अवस्था हेर्दा कस्को मन रुदैन होला! नानिहरु उनिहरुकि आमा अनि घरमै सहयोग रकम पुर्याइएको छ । कहाँ कहाँ बाट कस्ले कति कति सहयोग गर्नुभयो त सम्पुर्ण विवरण तलको भिडियोमा हेर्नुहोला