बडीगाड खोलामा १५ जनाको ज्यान जाने गरी यसरी भएको थियो जिप दुर्घटना, ७ जना भाग्यले बाँचे (भिडियो सहित)

मंगलबार बिहान गुल्मीको इश्मा देखि देवाली पुजामा बाग्लुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएका र एक जना बेपत्ता भएकाको शब भेला परेको छ जीपमा सवार इश्मा गाउँपालिका वडा नं ४का ६५ बर्षिय धन बहादुर कार्की बाटामुनिकाको शब बाग्लुङको भिमगिरे नजिकै खोला किनारमा बुधबार भेला परेको बुर्तिबाङ इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिए । यो संगै मृतकको संख्या १५ पुगेको छ ।

मंगलबार राती इश्मा गाउँपालिका वडा नं ४ की ३० बर्षिय सुचना कार्की , ४० की सिता कार्की , ६५ की झबी कार्की , ४० का महेन्द्र कार्की , ४५ की भूमि कार्की , २५ की मिना बस्नेत ६५ का धन बहादुर कार्की बाटामाथी , बर्ष २ की बालिका अनुष्का कार्की वडा नं ५ की बसुन्धरा कार्की , ३ की २३ की माया थापाको सामुहिक रुमिा दाहासंसकार गरिएको छ । उनीहरुलाई इश्मा गाउँपालिकाको हुलाके छल्दीमा सामुहिक रुपमा दाहासंस्कार गरिएको हो ।
मृतक मध्ये जाीप चालक इश्मा गाउँपालिका वडा नं ४ का बर्ष २५ का रेशम थापाको आफनै संस्कारमा दाहासंस्कार गरिएको पारीबारीक स्रोतले जनाएको छ । यस्तै बागलुङको बडिगाड गाउँपालिका ५ की ५५ बर्षकी लक्ष्मी केशीको बडिगाडमै , नवलपरासी बर्दघाट नगरपालिका २ की ६० बर्षकी मुना कार्की र कन्चनपुरका ५५ बर्षिय धन बहादुर कार्कीको शब आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
घाइते तीन जनाको काठमाण्डौको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । घाइतेहरुमा नवलपरासी बर्दघाटका बर्ष २२ का जीबन कार्की , इश्मा गाउँपालिका ४ का ४ बर्षका हिमाल कार्की र बर्ष २४ की निमा केशीलाई सेनाको हेलिकोप्टर मार्फत पुर्वमन्त्री तथा सांसद गोकर्ण बिष्टको पहलमा उपचार भइरहेको छ । गुल्मीको इश्मा देखि बुर्तिबाङ जाँदै गरेको ग १ ज ५२१९ नं को जिप दुर्घटनामा परेको हो ।
यस्तै जीप दुर्घटना इश्माका ११ जनाको मृत्यु भएको र सिंगो गाउँनै शोकमा परेकाले गाउँपासिलकाले बुधबार शोक बिदा दिएको छ । गाउँपालिका अन्र्तगत सम्पुर्ण कार्यलयहरु , शिक्षण संस्थाहरु बन्द गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । साथै मृत आत्मको चिरशान्तीको कमना गर्दै शोकाकुल परिवारमा हार्दिक समबेदना प्रकट गर्दै घाइतेहरुको सिघ्रस्वास्थ्य लाभको कामना समेत गरेको छ । हेरौ यो भिडियो जसमा भाग्यले बाँचेका ७ जनाको अवस्था समेत छ ।

अर्को भिडियो पनि हेर्नुहोस ।