नेपाल आइडलका रक स्टार पवन गिरीको पहिलो भिडियो सार्वजनिक

नेपाल आइडल सेसन २ को २७ औं एपिसोडमा बाँकी रहेका आठै प्रतिस्पर्धीहरु बिभिन्न नेपाली भेषभुसामा सजिएर लोकगीत बिशेष एपिसोडको रुपमा आयोजित एपिसोडमा सबैले निर्णायक मण्डलले सोंच्दै नसोचेको स्तरको प्रस्तुति दिएर आस्चर्यचकित नै तुल्याइदिए ।

यो एपिसोडमा निर्णयक सदस्य इन्दिरा जोशीद्धारा पिपिपि उपनाम पाएका पवन गिरीको प्रस्तुतिले न्ह्यू बज्राचार्यलाई खुशीको आँशु झार्न वाध्य पारिदिए र “चमत्कारी मान्छे” बिशेषण पाए उन्ले न्ह्यू बज्राचार्यबाट । पबनले गाइरहँदा जयनन्द लामा अचम्म मान्दै खुशीले गदगद भएको हाउभाउ स्पस्ट देखिन्थ्यो । सबैको प्रस्तुति एक से एक थिए । नेपालीपन र नेपाली मनको बेजोड प्रस्तुति बन्यो यो एपिसोड । आखिर नेपाली मौलिक लोकगीतमा पनि त दर्शकहरु पागल हुने नै रहेछन त किन आयातित गर्नु पर्यो हामीले बाहिरको गीत?

औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका पवनले भर्साटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जिते पवन उत्कृष्ट ६ बाट बाहिरिदा शुरुमा हासे तापनि निर्णायक न्ह्यू बज्राचार्यले प्रतिकृया दिने क्रममा पवनलाई नेपाल आइडलबाट बिदाइ गर्न पर्दा नेपाल आइडलको सो मन्च केही दिनका लागि शून्य हुने भन्दै आफ्नो आँखामा आँशु आएको बताएपछि वाताबरण पुरै बदलियो र अधिकांशको आँखा आँशुले भरिन पुग्यो ।

उनै पवन गिरी एक फरक र नयाँ गीत ‘मलाई एक छिन देउ’ लिएर आएका छन र यो नयाँँ गीत हिजो मात्रै युट्युबमा आएको छ । न्ह्यू बज्राचार्यको कम्पोज रहेको यो गीतमा एरेन्ज गोपाल रसाइलीको छ भने लिरिक्स दुर्गालाल श्रेष्ठको रहेको छ ।

Source: Ram Kumar Shrestha