लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक श्रेष्ठको सेलिब्रिटिहरुसंगको भेटघाट

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले काठमाण्डौंको लाजिम्पाटस्थित होटल मनस्लुमा एक हप्ताको बसाइका क्रममा फरक फरक दिनमा बिभिन्न क्षेत्रका सेलिब्रिटिहरुलाई मात्रै भेटेनन, समाज बिकास संस्था नेपालका अनाथ बिद्यार्थीलाई सहयोग गर्दै आएकोले आँफै उपस्थित भएर त्यहाँका बिद्यार्थीहरुलाई अस्ट्रेलियादेखि उपहार स्वरुप लिएर आएका सामग्री दिने चाहना हुँदाहुँदै पनि समयाभाबका कारण सम्भव नभएकोले समाज बिकास संस्था नेपालका पदाधिकारीलाई बोलाएर हस्तान्तरण गर्ने काम समेत गरे ।
मेलबर्नबाट काठमाण्डौं आउने क्रममा बैंकक ट्रन्जिटमा रहेको बेलामा क्यानबेराबाट भास्कर रेग्मीले फोन मार्फत आफ्नी छोरीको जन्मदिनको अबसरमा नायिका स्वेता खड्काद्धारा निर्माणाधिन माझी बस्तीको लागि सानै भए पनि सहयोग गर्ने चाहना राख्नु भएकोले उहाँबाट प्राप्त रकम हस्तान्तरण गर्नु भयो नायिका स्वेता खड्कालाई । रकम हस्तान्तरण गर्ने क्रममा सहयोग गरिने रकम सानो ठुलोभन्दा पनि यस किसिमको भावना महत्वपूर्ण हुने र यस किसिमको भावनाले अरुहरुलाई पनि यस्तै गर्न उत्प्रेरित गर्ने भएकोले यस किसिमको भावना शहिद जस्तै प्रेरणादायी हुने बताउनु भयो ।

दोश्रो भेट श्रेष्ठले असाधारण साहसिक सफलता प्राप्त गर्ने विस्वका दस साहसीहरुका सूचिमा समाविष्ट नेपाली चेली मिरा राईसंग गर्नु भयो जो यतिबेला अल्ट्रा म्याराथन धावकका रुपमा विस्व प्रसिद्ध छिन् । मिराले थुप्रै विस्व दौड प्रतियोगितामा आफूलाई अब्बल साबित गरिसकेकी छिन् । विस्व प्रसिद्ध National Geographic को Adventurers of the Year 2017 को बिजेता भएर संसारभरका सारा नेपालीहरुको शिर उचो बनाइन उन्ले । राईसंगको भेटको बिषयलाई सामाजिक सन्जालमा लेख्ने क्रममा ज्यादै कुटिल ब्यंज्ञ गर्दै लेख्नु भएको छ, “यिनै राष्ट्रिय गौरबपूर्ण मिरा राई बहिनीलाई लाजिम्पाटस्थित होटल मनस्लुमा बोलाएर सामान्य रुपमा नै भने पनि स्वागत गरेर एउटा नागरिकीय दायित्वबोधलाई सार्थक रुप दिएँ अभियानको तर्फबाट । राष्ट्रिय गरिमा उचो बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्ने ब्यक्तिहरुलाई सरकार र सम्बन्धित निकायले दायित्वबोध गर्ने दिन आउँदा उनीहरुले पनि सम्मान गर्लान – त्यो दिनको प्रतिक्षामा छौं हामी ।”

तेश्रो भेट विस्व संयोजक श्रेष्ठले बुद्ध नेपालमा जन्मनु भएको बिषयलाई नियतबस विस्वब्यापी रुपमा दिग्भ्रम छर्ने काम भएकोले त्यस्लाई निस्तेज पार्न सकभर आफ्नो क्षमताले भ्याएसम्म योगदान दिने अभिप्रायले Buddha was borne in Nepal को मुलनारा लेखिएको ब्यानर लिएर विस्वको सर्बोच्च शिखर सगरमाथा चढ्न सफल छोकी शेर्पासंग अभियानको तर्फबाट स्वागत गर्दै गर्नु भएको थियो ।

अस्ट्रेलियाको जिलोङको आफ्नै निवासमा डिसेम्बर २०१७ मा आयोजित एक कार्यक्रमका बीच नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र प्रमिला राई र नेपाल आइडल होस्ट सुशिल नेपाल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएका थिए । सो कार्यक्रममा छायाँ सहायक मन्त्री आन्ड्र्यु काटोस, फेडेरल सांसद सेरा हेण्डर्सन र सांसद क्रिस्चिन कोउजिन्सलाई आमन्त्रण गरिए तापनि अत्यन्तै छोटो समयको जानकारीका कारण कार्यक्रममा उपस्थिति जनाउन असमर्थ भए तापनि अभियानका राजदूतको रुपमा नियुक्त हुन गएका सबैप्रति शुभेच्छा सन्देश पठाउनु भएका थिए । तिनैमध्येकी एक प्रमिला राईलाई श्रेष्ठले आफ्नो काठमाण्डौं बसाइको चौथो भेटको रुपमा गर्नु भएको थियो अभियानको तर्फबाट स्वागत गरेर ।