राजन कार्किको “पानको पसल “चर्चामा ट्रेडिङ मै झर्यो

लोकप्रिय सर्जक तथा गायक राजन कार्कीको नयाँ गितले धमाका पिटेको छ । गितले सार्वजनिक भएको छोटो समयमै एक लाख भन्दा धेरै दर्शक बनाउदै उत्कृष्ट गितको सूचीमा ४०मा समेत परेको छ ।

कुशल सञ्चारकर्मी तथा दश जना भन्दा धेरै कलाकारहरुको आवाज निकाल्न सक्ने क्षमता भएका कार्की सबै माझ निकै लोकप्रिय रहेका छन । उनका यस भन्दा पहिला पनि दर्जनौं चर्चित गितहरु सार्वजनिक भइसकेका छन ।

पछिल्लो समय सार्वजनिक भएको गित पान खायो मायालेमा राजनको साथमा मेलिना राईको समेत आवाज सुन्न सकिन्छ । शर्मिला तामाङको शब्द सिर्जना रहेको सो गितमा सागर लामाले लय सिर्जना गरेका छन ।

शंकर वि।सी र अञ्जली अधिकारीको अभिनय रहेको सो गितलाई विसीलेनै म्युजिक भिडियो निर्देशन गरेका हुन भने गोर्खा चौतारी म्युजिक प्रा।लिले बजार ब्यवस्थापन गरेको छ ।

हेर्नुहोस गितको पुरै म्युजिक भिडियो