फेरी दोहोरीमा अहिले सम्मकै अर्को धमाका मच्चाउने गीत सहित आए चर्चित गायक रामजी खाड र निरु श्रीसको धमाकेदार आवाजमा- भिडियो

काठमाडौँ । नेपाली लोक गीत संगीतको बजारमा बिभिन्न गीतहरु आउने क्रममा बहुचर्चित गायक रामजी खाण र गायिका नीरू श्रीष मगर अत्यन्तैको कर्णप्रिय लोक दोहोरी गीत “बत्ती बाले झै” सार्बजनिक भएको छ । घनश्याम रीजालको शब्द तथा रामजी खाणको लयमा रहेको गीतमा गायक खाण र नीरू श्रीषको नै सुमधुर आवाज रहेको छ ।

अहिलेका ब्यस्त निर्देशक मौसम हिमालीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई करन चैंसिरको छायांकन तथा प्रबीन भट्टले सम्पादन गरेका छन् । गायक तथा मोडल राम्जी खाण, करिश्मा ढकाल, सरिश्मा मगर र रितु तामाङलाई यस गीतको म्युजिक भिडियोमा आकर्षक नृत्य सहितको अभिनयमा देख्न सकिन्छ ।

ग्यालेक्सी म्यूजिक प्रा.लि ले बजार ब्याबस्थापन गरेको गीतको म्युजिक भिडियोलाई ग्यालेक्सी म्यूजिक नेपालको आफिसियल युट्यूब च्यानाला मार्फत सार्बजनिक गरिएको छ ।