स्कुल स्कुलमा मेरी मामु , आयुवलाई बिधालयमै घेरे उनका फ्यानहरुले

७ वर्षे कलाकार आयुव सेन मुख्य भुमिकामा रहेको चलचित्र मेरी मामुको टिम यतीवेला राजधानीका बिधालयहरुमा पुगेको छ । बाल मनोविज्ञानमा आधारित कथा रहेकोले चलचित्रबारे बालबालिकालाई जानकारी गराउन बिधालयलाई लक्षित क्षेत्र निर्धारण गरोको चलचित्रका निर्माता सन्तोष सेनले जानकारी गराए । गत शुक्रबार आयुव सेनलाई फिचरिङ गरिएको चलचित्रको आमा बोलको गीत सार्वजनिक गरिए संगै आयुवको अभिनयको चौतर्फी तारिफ भैरहेको छ । चलत्रिको टिमले आयुव लगायत चलचित्रका अन्य कलाकार लिएर बिधालयहरुमा पुग्ने गरेको छ । बिधालयमा गीत प्रदर्शन गरिए पछि हरेक जसो बिधार्थी र शिक्षक शिक्षिकाको आँखाँमा आँशुको दृष्य देख्न सकिन्छ ।

चलचित्र प्रचार प्रसारको लागि मात्र नभएर मेरी मामु टिम आमा र छोराको राम्रो संवन्धको गतिलो सन्देश दिन बिधालयहरुमा पुगेको हो । बिधालयका बिधार्थीहरुले आसुसेन फिल्मसबाट उपलब्ध पर्चीमा आफ्नो आमाको बारेमा केही शब्द कोर्ने गर्दछन र ती पर्चीहरुलाई संकलन गरेर राखिन्छ । देशभरबाट संकलित पर्चीहरु मध्य गोला पर्थाबाट लक्की ५ जना आमा र बच्चालाई निशुल्क ३ दिन २ रातको थाइलेण्ड भ्रमण प्याकेज आसुसेन फिल्मसले प्रदान गर्नेछ । यसकारण पनि आफुहरुको स्कुल क्याम्पियन चलचित्र प्रचारका लागि मात्र नभएर आमा र बच्चाको बलियो संवन्ध स्थापनाको लागि भएको निर्माता सेनले बताए ।

हाल सम्म राजधानीका दर्जन बढी बिधालयमा मेरी मामु टिम पुगिसकेको छ भने धेरै भन्दा धेरै बिधालयमा पुग्ने उद्देश्य रहेको चलचित्रका पब्लिसिटी डाइरेक्टर किरण आचार्यले बताए । यो अभियान राजधानी केन्द्रित न भै आगामी हप्ता देखि देशै भरी संचालन हुने आसुसेन फिल्मसले जनाएको छ । चलचित्रको प्रदर्शन आगामी भाद्र १५ गते देखी देशब्यापी रुपमा हुदैछ ।