प्रधानमन्त्री ओलीलाई तथानाम गाली, सडक कब्जा गरेर काँग्रेस आफैले देखायो अधिनायकबाद (स्थलगत भिडियो)

मंगलबार देशभर नेपाली काँग्रेका कार्यकर्ता तथा नेताहरु मिलेर सरकारले अधिनायकबादी शैलि देखाएको भन्दै सडक आन्दोलनमा उत्रिए उत्रिए । आन्दोलनको नाममा सडक जाम भयो, नागरिक सम्बन्धीत ठाउँ सम्म पुग्न सकेनन् । ठाउँ ठाउँमा नेपाली काँग्रेसले सडक नै छेकेर कार्याक्रम गरेको छ । प्रधानमन्त्री केपी ओलीले सिण्डिकेट र अधिनायकबादको पक्षपोषण गरेको भन्दै आन्दोलनमा होमिएको काँग्रेसले मंगलबार पोखरामा गरेको प्रदर्शनमा प्रजातन्त्रका चर्का भाषण सुनिए ।
भाषणको अधिकाँश समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्न खर्चिएका काँग्रेसका नेताहरु आफैले सडक कब्जा गरे तर जनतालाई सास्ती पाएको महसुस भने गरेनन् ।
काँग्रेसले गरेको प्रदर्शनमा अधिनायकबाद छर्लङ्ग देखिन्थ्यो । काँग्रेसले १२ बजे पृथ्वीचोकबाट र्याली निकाल्ने कार्यक्रम थियो । सोही अनुसार कार्यकर्ताहरु भेला भएर सडकका दुवै छेउ कब्जा गर्दै चिप्लेढुंगा विपीचोक पुगेपछि कोणसभा भएको थियो । करिब २ घण्टा चलेको कोणसभामा काँग्रेसका कार्यकर्ताले सडकका तीनै छेउ कब्जा गरी चर्का भाषण लगाए ।
कोणसभा चलिन्जेल गाडी र मोटरसाईकलहरु सिद्धार्थचोकबाट सिर्जनाचोक डाईभर्ट गरिएको थियो भने महेन्द्रपुलबाट चिप्लेढुंगा आउने गाडीहरु पनि नयाँबजार मोडिएको थियो । न्यूरोडका गाडीहरुलाई सभागृहचोकबाट डाइभर्ट गरेर लखेटियो । जनताको पक्षमा आवाज बुलन्द पार्ने आन्दोलनको तयारी थालेको काँग्रेसले गरेको यस्तो ब्यवहारले सर्वसाधारण जनतालाई निकै सास्ती परेको छ ।काँग्रेसको मंगलबारको प्रदर्शनलाई मुद्धा सही भएपनि शैलि नमिलेको टिप्पणी गरेका थिए ।
सुरुमा धेरै कार्यकर्ता भएपनि पछि विस्तारै आकार घटिरहेको थियो । थोरै कार्यकर्ता हुँदापनि प्रहरीले सडक खुलाउने चेष्टा गरेन । स्वतन्त्र रुपमा हिडडुल गर्न पाउने नागरिकको दायित्वमाथी प्रशासनले पनि कडाई गर्न सकेन । उल्टो गलत कामलाई मौन समर्थन गर्दै सुरक्षाकर्मी गाडी छेक्न तैनाथ गरिएका थिए ।