तिमी एउटा जिउँदो इतिहास हौँ समीक्षा

धेरै नाबालिकाहरू मरे । कोही जीउँदै मरिरहेका छन् । तिमी ती सब नानीहरूलाई आफूमाथि भएको हिंसाको बारेमा बोल्न सक्नुपर्छ भनेर सिकाउने प्रतिनिधि पात्र हौं । यो समाज यस्तै छ । सामाजिक संजालमा तथानाम गाली गर्नेहरूको सञ्जाल देखेर पनि बुझ्न सकिन्छ हाम्रो समाजमा कस्तो मानसिकता बोकेका मानिसहरू छन् भन्ने कुरा ।

सलाम छ तिम्रो हिम्मतलाई । मर्ने मरेर गैहाले जिउँदै मरेकाको त कुनै लेखाजोखा नै छैन । होस पनि कसरी रु ठूलाबडा मान्छेले त हिंसा गर्ने कुरै भएन । पत्याउनै गाह्रो । हल्ला सुनिएको थियो निर्मलाको हत्या गर्ने मान्छे पनि ठूलो मान्छे रे अहिलेसम्म न्याय पाएकी छैनन् पत्तो लगाउन पनि गाह्रो भएको छ रे । सायद ठूलो मान्छे भएर होला ।

यदि निर्मला नमरेकी भए । मेरो बलात्कारी यो हो भनेर किटानी दिएकी भए उनले पनि सायद केटी नै उस्तै हो भनेर तथानाम गाली खानुपर्थ्यो होला । मरेर गयौ अपराधी बच्यो । माला लगाएको तिम्रो तस्बिर भाइरल भयो । कार्यक्रमहरू भए । मान्छेले आखाबाट आँसु झारे । सतिप्रथाको नियम भएको देश भएर होला न्याय माग्दा जिउँदै मर्नुपर्छ यहाँ ।

समीक्षा तिमीले पनि आफूलाई परेको हिंसाको बारेमा बोल्यौ ती पनि नाम चलेका ठूला नै थिए । के गर्छेउ अदालतको ढोका ढक्ढक्याउनु न्याय माग्नु समाजमा पचेन । तिमी थियौ सोह्र सत्र वर्षकी । कलिलो उमेर त्यो पनि नाबालिक । ती थिए लगभग बत्तीस चौतिस वर्षका । सानैदेखि तिमी छोरी मान्छे यो गर्न हुन्छ त्यो गर्न हुन्न भन्ने समाजले छोरा मान्छेलाई चाहिँ सबै कुरामा छुट दिएको रहेछ । आफ्नो उमेरको पनि हेक्का नराखी जे मनलाग्यो त्यहीँ गर्न पाउने अधिकार रहेछ लोग्नेमान्छेलाई ।

केटी मुसुक्क हाँसे, छोटा लुगा लगाए, राम्री बनेर हिँडे, मस्किदै हिँडे, मीठो बोल्दै हिंडे, नाच्दै रमाउँदै हिड्दा पनि गिद्दे दृष्टि लगाउने अधिकार दिएको छ समाजले पुरूषलाई । तर कानुनले दिएको छैन । कानुनले हत्कडी त्यसै लगाउदैन । कानुनको दायरामा रहेर काम गर्नेको आफ्नै नियम हुन्छ । प्रक्रिया हुन्छ । कानुनभन्दा माथि कोही छैन । अपराध अपराध नै हो सानाले गरे पनि ठूला(बडाले गरे पनि । कतैबाट न्याय नपाउँदा अदालतको ढोकामा न्याय माग्न जाँदा केटी कै व्योहोरा नराम्रो देखाउने बुद्धिजीवी वर्गलाई अनुरोध नाबालिक करणी गर्ने पुरुषको बारेमा पनि दुई शब्द जाओस् ।

तिमी एउटा इतिहास हौ समीक्षा । तिमीले धेरै नानीहरूलाई जोगाएकी छौ । तिमी बोलेदेखि उच्च ओहोदाका बलात्कारीहरू हच्किएका छन् । कतै फसिने हो कि भनि बीच बाटोबाटै फर्किएका छन् । कसैसँग मेल खाएको भए मम भन्दा हुन्छ । नानीहरूमा हिम्मत आएको छ बोल्नुपर्ने रहेछ भनेर । कानुनले अपराधी घोषणा गतिसकेपछि जेलबाट निस्कने क्रममा देखिएको अबिर जात्रा के हो यस्तो रु कुन कुरालाई बढावा दिइरहेको छ समाजले रु चेतना र मानवीयताको स्तर छर्लङ्ग देखिन्छ ।

महिलाका आफ्नै दबिएका पीडा छन् घरेलु हिंसाका । त्यसमध्ये पनि दिनप्रतिदिन घटेका बलात्कारका घटना चेलीबेटीहरु जहाँ पनि असुरक्षित । नबोले मरिने, बोले समाजले तेरै व्योहोरा त्यस्तै भएर हो भनि झन सताउने । न्याय माग्न जाउँ इज्जत जाने केटीको नै, केटाको त यो समाजमा जे गरे पनि इज्जत नै इज्जत छ । समाचारको हेडलाइन पढ्नै नसक्ने गरि लेखिएको हुन्छ । बलात्कार भनेको शरीर लुछ्नु, चिथोर्नु, जबर्जस्ती गर्नु मात्रै हो र रु १५र१६ वर्षको उमेरमा कसैको प्रेममा अन्धो भएको मान्छेबाट कुनै गल्ती भयो भन्दैमा तथानाम गाली गर्न पाइन्छ रु न्याय माग्नु गल्ती हो रु म अन्यायमा परे भन्नू गल्ती हो रु के हुनुपर्थ्यो रु ऊ इज्जतको डरले ऊ जीउँदै मर्नुपर्थ्यो रु

१३ देखि १९ वर्षको समय भनेको संकटकालिन उमेर हो । यो उमेरमा म हिंसामा परे भनेर अदालतको ढोकासम्म धाउनु भनेको कम हिम्मतको कुरा होइन । यसले समाजमा महिला हिंसा गर्न हुँदोरहेनछ भन्ने सन्देश समाजमा जान्छ । हाम्रा छोरी चेलीबेटीहरूलाई पनि सुरक्षित राख्न सक्छौं । उनीहरु पनि बोल्न सकुन । हिंसा बलात्कारका कारण कैयौ किसोरीहरु मरिसके । कति जिउँदै मरेका छन् । न्याय माग्न अदालतको ढोकामा पुगेकालाई समाजले मारेको छ ।

हामीले पनि १३ देखि १९ वर्षसम्मको जुन जटिल अवस्था भोगेका थियौँ । पार गरेका थियौँ । यो अवस्था नबिर्सी जो जहाँ छौ त्यहीँबाट नै छोरी चेलीबेटीलाई संरक्षण गरौँ । गलतलाई गलत हो भनि भन्न सिकाऊ विरोध गर्न सिकाऊ, महिला भएर महिलाको मर्म र पीडा बुझी बोलौँ । १५ वर्षकी किसोरीलाई गाली गर्दै ३४ वर्षको पुरुषको वकालत नगरौं ।(गंगा पोखरेलको लेख)