स्कटल्याण्ड, लार्नाक्साएरमा फरक क्षमता भएका बालबालिका सहित ७० जना बालबालिहरु द्वारा बिभिन्न नृत्य तथा सांगीतिक कार्यक्रम भब्यतका साथ सम्पन्न।।।

इडन्वरा, स्कटल्याण्ड – बिजय डंगोल

वेलायतमा नृत्य गुरु चरण प्रधान द्वारा स्कटल्याण्ड, लार्नाक्साएरको बिभिन्न बिध्यालयका फरक क्षमता भएका बालबालिकाहरु र सबल बालबालिहरु संगको  ‘समर आर्ट्स फेस्टिभ्ल नृत्य तथा सांगीतिक कार्यक्रम २०१८’ भब्यतका साथ सम्पन्न भएको छ।
नृत्य गुरु चरण प्रधान वेलायतमा सन् १९९८ देखि यस नृत्य पेशामा जीवनको आफ्नो अमूल्य समय दिदै नेपाली, वेलायति तथा विदेशी संघ संस्था लगायत वेलायतका बिभिन्न बिध्यालयहरुमा आफ्नो कलाकारिताको बेजोड प्रस्तुति दिदै सम्पूर्ण वेलायतवासिहरुको मन जित्न सफल भएको छ।
हालै मे, २०१८ मा आयोजक नर्थ लार्नाक्साएर काउन्सिल द्वारा स्कटल्याण्ड ल्याङकेसर शहरको मदरवेय्ल कन्सर्ट हलमा भएको बिभिन्न बिध्यालयहरुका फरक क्षमता भएका बालबालिकाहरु र सबल बालबालिकाहरुका सहभागितामा यस वर्षको “समर आर्ट्स फेस्टिभ्ल नृत्य तथा सांगीतिक कार्यक्रम २०१८” भब्यतका साथ सम्पन्न भएको छ।
यस कार्यक्रममा नृत्य गुरु चरण प्रधान द्वारा दुबै समुहका बिधार्थिहरुलाई छुट्टाछुट्टै नृत्य प्रशिक्षण दिएर तयार भैसके पछि फेरि दुई समुहहरुलाई एकै ठाउँमा एकले अर्को संग नृत्य द्वारा एक आपसलाई बुझ्ने र बुझाउने प्रयास अनि एकआपसमा नबोलिकन आफ्नो कुरा व्यक्त गर्नुका साथै मानसिक, भावनात्मक र शरीरिक प्रक्रियाद्वारा आफ्नो भावना अभिव्यक्त गर्नु यस्को मुख्य उदेश्य रहेको कुरा प्रस्तुत गरिएको छ।

यो प्रोजेक्ट हरेक बर्ष आठ महिनाको लामो तालिमपछि अन्तिम प्रस्तुतिको लागि तयार गरिन्छ। यस प्रस्तुतिलाई हाल ‘समर आर्ट्स फेस्टिभ्ल, मदरवेय्ल कन्सर्ट हल ‘ मा आठ सय दर्शकहरु तथा अभिभावकहरुको माझमा गरिएको थियो। यस अवसरमा ल्याङकेसरका मेयर तथा अन्य विशिष्ट अतिथिहरुको पनि उपस्थिति रहेको थियो।
नृत्य गुरु चरण प्रधानका अनुसार यस किसिमका नृत्य तथा कार्यक्रमको थिम (बिषय) हरेक वर्ष फरक फरक हुने र यसै क्रममा यस पटक “चार तत्व” (four elements) को आधारमा जस्मा आगो, पानी, हावा र माटो थियो भने अर्को बर्ष “खुशी” (Happiness) हुनेछ ।
यस कार्यक्रममा ७० बालबालिका हरुको सहभागिता रहेको थियो।

असम्भवलाई सम्भब गरि देखाउने र सन्सारका विभिन्न संगीत र संस्कृतिलाई लाई समेत दर्शक समक्ष राख्नु पनि यसको उदेश्य रहेकोे थियो। त्यसैले यस कार्यक्रम मार्फत नेपाली संगीतको साथै नेपाली मुभमेन्ट्स (movements) लाई समाबेश गरिएको कुरा पनि हाम्रा लोकप्रिय नृत्य गुरु चरन प्रधान बताउनु हुन्छ।

नृत्य गुरु चरण प्रधान सरल तथा साधारण जीवनलाई अङ्गाल्दै नृत्य जगतमा आफ्नो कार्य द्वारा संसार जगतमा आफूलाई चिनाउन सफल भएका छन्।  चरण प्रधान यसरि आफ्नो कला तथा नृत्य द्वारा फरक क्षमता भएका बालबालिकाहरुलाई शारीरिक तथा मानसिकतालाई ताजा र दक्ष बनाउन उत्प्रेरण प्रदान गर्ने यस क्षेत्रको पहिलो नेपाली नृत्य गुरु हुनुहुन्छ।

चरण प्रधान लाई जान्न कृपया तल दिईएको लिंकमा जानुहोस।
http://www.dancenamaste.co.uk/


धन्यवाद ।।।