प्रमी अगाडी आगोमा जलेर मरेकी पुष्पाको प्रेमीबारे बाहिरियो कसैले नसोचेको रहस्य ! (हेर्नुस् पूरा विवरण सहीत)

काठमाडौं । इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

धुम्बराहीको पिपलबोट चोक नजिकै रहेको संग्रौलाको घर अगाडि १९ मंसिरमा जलिरहेको अवस्थामा न्यौपाने भेटिएकी थिइन् । उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

न्यौपानेको परिवारले सुदनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध पनि आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको थियो । तर, अदालतले त्यसबेलै बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

२०७८ को माघतिर पुष्पा र सुदनबीच चिनजान भएको थियो । दरबारमार्गस्थित केल्मी नेपालको स्वरुममा जाँदा सुदनको पुष्पासँग चिनजान भएको थियो । पछि उनीहरु विवाह गर्ने निर्णयमा पुगेका थिए । तर, इन्गेजमेन्ट भएको केही समयमै खटपट सुरु भयो । इन्गेजमेन्ट तोडिएको भोलिपल्ट पुष्पा सुदनको घर अगाडि जलिरहेको अवस्थामा भेटिएकी थिइन् ।

इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त
व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो । तर पारिवारिक जीवनमा आइलागेको उल्झनमा उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी छन् । आइतबार साँझ ७ बजेतिर धुम्बराहीस्थित पिपलबोट चोक नजिकै एक घरको अगाडि जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा निधन भएको छ ।

घटनास्थलमा पूर्णतः जलिसकेकी अवस्थामा भेटिएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली बताउँछन् ।

पुष्पाले आफैंमाथि पेट्रोल खन्याएर आगो लागेको स्थान तीनै सुधन संग्रौलाको घर अगाडि हो, जोसँग उनले गरेको टिकाटालो (इन्गेजमेन्ट) शनिबार मात्रै टुटेको थियो । न्यौपानेको परिवारले सुधनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसूरमा किटानी जाहेरी दिएको छ ।

जाहेरीको आधारमा प्रहरीले सोमबार चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुर जिसी बताउँछन् । यद्यपि अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ भने सुधनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् । तर सुधनले स्वीकृति दिएनन् ।

जब इन्गेजमेन्ट टुट्यो
सानै उमेरमा व्यवसायिक सफलतातिर लम्किँदै गरेकी न्यौपाने कसरी आफैंलाई जलाउने अवस्थामा पुगिन् ? यो थाहा पाउन २०७८ माघतिर फर्किनुपर्छ, जहिलेबाट पुष्पा धुम्बाराही घर भएका व्यवसायी सुधनसँग नजिकिन थालिन् ।

चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर विक्री वितरणको काम गरिरहेका सुधनको केल्मी नेपालको दरबारमार्गस्थित शोरुम जाँदा पुष्पासँग चिनजान भएको थियो । नियमित जसो शोरुममा जाने क्रममा निकटता बढ्यो । फेसबुकमा साथी हुँदैआपसमा फोन नम्बर साटासाट भयो ।

दुवैजना व्यवसायमा भएकाले घरमा पनि आउजाउ हुन थाल्यो । ‘विजनेस नै गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि मञ्जुरी जनाएका थियौं’, मृतककी काका उत्तम न्यौपाने भन्छन्, ‘सबैको मञ्जुरीमा १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा टिकाटालो गरेका थियौं ।’

त्यसपछि सुधन, पुष्पाको घरमा आउने जाने गरिरहन्थे । पुष्पा पनि धुम्बाराहीस्थित सुधनको घरमा गइराख्थिन् । तर विवाह भइसकेको थिएन । बरु इन्गेजमेन्ट भएको केही समयबाटै उनीहरुबीच खटपट सुरु भएको पाइएको छ ।

पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् । तर सुधनले स्वीकृति दिएनन् । ‘परिवारका अरुले राख्दा किन ज्वाइँको फोटो नराखेको भनेर मैले पनि सोधेको थिएँ’, काका उत्तम सम्झन्छन्, ‘अहिले नहाल्नु भन्नुभएको छ भनेकी थिइन् ।’

दुईबीच यही विषयले खटपट हुन थालेपनि पुष्पाले घर परिवारलाई थाहा हुन दिएकी थिइनन् । साथीहरुसँग भने उनले सुधनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् । विस्तारै पुष्पाले सुधनमाथि शंका गर्न थालिन् ।

मनमुटाव घट्नुको साटो उल्टै उल्झिँदै गयो । कात्तिकतिर दुईबीच विवाद झन् बढेको पाइएको प्रहरी वृत्त, महाराजगञ्जका अनुसन्धान अधिकृतहरु बताउँछन् । त्यही कारण बिहेको मिति पनि तय हुन सकेको थिएन ।

शनिबार सुधनका बुबाआमा बुद्धनगरस्थित पुष्पाको घरमा आएर इन्गेजमेन्टमा दिएको सुपारी, दक्षिणा र गरगहना फिर्ता गरे । उत्तम भन्छन्, ‘त्यतिबेला सुधनले अब मिल्न सक्दैनौं भन्नुभयो । त्यसपछि सम्बन्ध टुट्यो ।’

त्यतिबेला पुष्पाको परिवारका सदस्यहरुले सम्बन्ध तोड्नुको कारण सोधेका थिए । सुधनका बुबाआमाले भने ‘आफ्नै छोराको बुद्धि बिग्रिएको’ जवाफ दिए । सुधनले थप केही बताएनन् । बरु सहजै जवाफ फर्काए, ‘पुष्पालाई नै थाहा छ ।’

पुष्पा भने केही भन्नसक्ने अवस्थामा थिइनन् । ‘उनले नभनेकी हुन् कि के हो थाहा भएन । तर यही कारण हो भनेर उनले बताउन सकेकी थिइनन्’, उत्तम भन्छन् । तत्काल उद्दार गरेर अस्पताल लगेको भए पनि अर्कै परिस्थिति हुनसक्थ्यो । प्रहरी अस्पताल पुर्‍याउँदा शरीर पूर्णतः जलिसकेको थियो । – पुष्पाका आफन्त

जब कपडा लिन हिँडेकी पुष्पा धुम्बाराही पुगिन्

आउने शनिबार पुष्पाको दिदीको इन्गेजमेन्ट हुँदै थियो । त्यसका लागि ‘ब्लाउज’ सिलाउन दिएकी थिइन् । त्यही लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन् । कपडा लिएर पुष्पा कतिबेला आइन् । फेरि कतिबेला निस्किइन्, परिवारका सदस्यहरुलाई राम्रो याद छैन ।

एक्कासी साँझ ७ः१५ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको खबर आयो । पुष्पाको बुबा पुरुषोत्तम न्यौपानेलाई आएको फोनमा सुधनका बुबाले ‘पुष्पा जस्तै देखिने केटी जलिरहेको’ भन्दै बोलाइएको थियो ।