४ वर्षीया छोरीसहित एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्या‘न गयो

भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको ज्या‘न गएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजाे ज्या‘न गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उहाँकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जलीको ज्या‘न गएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आउनुभएकाे थियाे ।

चन्द्रको परिवारलाई त्यो घरको तेस्रो तलामा एउटा कोठा दिइएको थियो । हिजो नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो । ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पुर्‍याउँदासम्म अञ्जलीको पनि ज्या‘न गएको प्रहरीको भनाइलाई उद्धृत गर्दै दैनिक भाष्करले लेखेको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृ‘तकको परिवारलाई खबर गरिसकेको टिपी नगर थाना प्रहरी कार्यालयले जनाएको छ ।

चिसो बढेसँगै आँखाले देख्न नसकिने प्रदूषण पनि जम्ने भएकाले बिहानीको हावा पनि प्रदूषित छ।

मिति: २०७९ पुस १५ गते, शुक्रबार, बिहानको ५:०० बजे।

विश्वको प्रदूषण जाँच्ने वर्ल्ड एअर क्वालिटी इन्डेक्समा काठमाडौंको प्रदूषणको तह १६५ देखिन्छ। त्यसमा पनि नारायणहिटी संग्रहालयको छेउमै रहेको क्षेत्रको वायुको आद्रता ९३ र वायु प्रदूषण १७३ देखिन्छ, जसमा पिएम २.५ (हजारौं हानिकारक धुवाँका कणहरूको मिश्रण)को तह ९८ देखिन्छ। यो प्रदूषणको तह विश्व स्वास्थ्य संगठनले तोकेको दैनिक मापदण्डभन्दा तीन गुणा बढी हो। त्यति खेर सडकमा सवारीको चहलपहल हुँदैन। तर, किन काठमाडौंमा बिहानैदेखि प्रदूषण धेरै हुन्छ त?

चिसो मौसममा जमीनको तल्लो तह चिसो हुने र माथिल्लो तहमा न्यानो हुने भएकाले हावासँगै प्रदूषणका कणहरू जति गहिराइ हुन्छ त्यति नै जमेर बस्ने प्रदूषणविज्ञ डा. भूपेन्द्र दास बताउँछन्। गर्मी महीनामा भने ठ्याक्कै उल्टो हुन्छ अर्थात् जमीनको तल्लो तह तातो र माथिको वायुमण्डल चिसो हुन्छ। वैज्ञानिकहरू यसैलाई इन्भर्जन भन्छन्। डा. दास भन्छन्, “जाडोमा चिसो हावाको एक तह बिहान-बेलुकी तल बस्छ, जसलाई तातो हावाले ढकनी जस्तै छोपेर राखेको हुन्छ। अग्लो ठाउँबाट हेर्दा माथि सफा, तल धमिलो देखिन्छ। त्यो धमिलो नै प्रदूषित हावा हो।”

हानिकारक कण हावामै थिग्रिएर बस्ने भएकाले धेरै चिसो समय अर्थात् बिहान र बेलुकीको समय अत्यन्त प्रदूषणमय हुँदा घर बाहिर निस्कन ठीक नहुने विज्ञ बताउँछन्। त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभाग प्रमुख डा. रेजिना मास्के प्रदूषण नघटेको र जाडोमा बेलुकी बालेको आगोको धुवाँ पनि त्यहीं वरपर बस्ने भएकाले बिहान ‘मर्निङ वाक’ जान नहुने बताउँछिन्। उनी भन्छिन्, “अस्वस्थ हावाका कारण बिहानै मास्क लगाउनुपर्ने अवस्था छ, बरु त्यो भन्दा घाम लागेपछि बाहिर जानु उपयुक्त हुन्छ। त्यति खेर प्रदूषण पातलो भएर फैलिएको हुन्छ।”

डा. दास विगत केही वर्षदेखि हिउँदमा पानी कम पर्ने र जाडो याममा प्रदूषण बढ्ने कुरा नियमित जस्तै भएको बताउँछन्। उनी भन्छन्, “पानी पर्दा प्रदूषणका कण जमीनमा आउँछ र त्यहीं अब्जर्भ हुन्छ, तर जाडो महीनामा पानी पर्ने दर ३० प्रतिशतले कम हुँदा प्रदूषणका कण हावामै रहन्छन्।”