अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा भेटिएपछि आमा खोज्दै प्रहरी

सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताले जनाएकाे छ ।

अस्पतालको शौचालयमा शिशु (छोरा) लाई जन्म दिएपछि आमा भने फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिए । नवजात शिशुलाई अस्पताल परिसरमा रहेको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा राखिएको छ । अवैध सम्बन्धका कारण शिशुको जन्म भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनाबारे थप अनुसन्धान र आमाको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजय यादवले बताए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार अस्पतालका कर्मचारी, नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् ।

यो पनि पढ्बुहोश:आज प्रदेश–१ का केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुका केही स्थानमा हिमपातको सम्भावना रहेको हो ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण प्रदेश–१ सहित मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिमका पहाडी भेगमा आंशिक बदली रहनेछ । त्यस्तै, बिहानीपख हुस्सु/कुहिरोका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने महाशाखाको भनाइ छ ।

काठमाडौंको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको छ । मंगलबार ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।