गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि पहल गर्ने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

यो पनि पढ्नुहोश:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले खुसी व्यक्त गरेका छन् ।रविले गृह मन्त्रालयकाे जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुकमा लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’