अर्जेन्टिना र फ्रान्स भिडदै : अर्जेन्टिना बलियो कि फ्रान्स ? यस्तो छ विगत

काठमाडौं।

जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८:४५ बजे सुरु हुनेछ । यस्तै तेस्रो स्थानको लागि मोरक्को र क्रोएसियाबीच शनिबार राति खेल हुनेछ ।

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा गरेर दुई पटक विश्वकपको उपाधि उचालेको छ।सन् १९३०, १९९० र २०१४ मा फाइनल पुगेर अर्जेन्टिना घर फर्किएको छ। दुई पटक उपाधि उचालेको अर्जेन्टिनाले पाँच पटक विश्वकपको फाइनल खेलेको छ।

छैटौं पटक फाइनल खेल्न पुगेको अर्जेन्टिना र उसका कप्तान लियोनल मेस्सी विश्वकप उपाधिको नजिक पुगेका हुन्। उपाधिका लागि अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्नुपर्नेछ।

हालसम्म फ्रान्स र अर्जेन्टिनाबीच १२ खेल भएको छ।तर १२ खेल मध्य ३ खेलमा मात्र विश्व कपमा भेट भएको छन्।हालसम्मको नतिजा हेर्दा फ्रान्स भन्दा अर्जेन्टिना बलियो देखिएको छ।हाल सम्म फ्रान्सले १२ खेलमा मात्र ३ खेलमा जित हासिल गरेको छ।

भने अर्जेन्टिनाले ६ खेलमा जित हासिल गरेको छ।भने यी दुई टिमबीच ३ खेलमा बराबरीमा सकिएको छ। यता विश्वकपको नतिजा हेर्दा फ्रान्स ३ खेलमा मात्र १ खेलमा जित हासिल गरेको छ।फ्रान्सले अर्जेन्टिनामाथि गते विश्वकप २०१८ मा जित हासिल गरेको थियो।यस क्रममा फ्रान्सले अर्जेन्टिनालाई ३-४ गोलले हराएको थियो।

यो नै विश्व कप फ्रान्सको अर्जेन्टिनामाथि पहिलो जित थियो। सन् १९३० को विश्वकपमा यी दुई टिम बीच पहिलो पटक भेट भएको थियो।उक्त विश्वकपमा तथा पहिलो भेटमा अर्जेन्टिनाले फ्रान्सलाई १–० ले हराएको थियो ।

त्यस पछि यी दुई टिमबीच दोस्रो भेट सन् १९७८ को विश्वकपमा भएको थियो।उक्त खेलमा अर्जेन्टिनाले नै जित हासिल गरेको थियो। अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले हराएको थियो।