कसले गर्यो रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर ? यस्तो कारण खुलाएर पो रिट दायर गरेका रहेछन् !

काठमाडौं, २८ मंसिर । युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निर्वाचित रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सफलले संवैधानिक इजलासमा उक्त रिट दायर गरेका हुन् । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।

यो पनि पढ्नुहोस् :
एजेन्सी – ब्राजिलका लेजेण्ड रोनाल्डो नाजारियोले कतारमा जारी फिफा विश्वकपको विजेता बारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रोनाल्डोले यसपटकको विश्वकप विजेता बारे आफ्नो अनुमान सार्वजनिक गरेका हुन्।

एक अन्तर्वार्ताक क्रममा रोनाल्डोलाई विश्वकप कसले जित्ला भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा रोनाल्डोले यसपटकको विश्वकप फ्रान्सले जित्ने उच्च सम्भावना रहेको बताए। ब्राजिल विश्वकपबाट बाहिरिसकेको अवस्थामा अब फ्रान्स मुख्य दाबेदारको रुपमा रहेको रोनाल्डोको भनाई छ।

“मेरो भविष्यवाणी सधैं ब्राजिल-फ्रान्स फाइनल थियो। ब्राजिल त विश्वकपबाट आउट भइसक्यो, अब विश्वकपको मुख्य दाबेदार फ्रान्स हो। एमबाप्पे उत्कृष्ट लयमा विश्वकप खेल्दै छन्। नीसँग अविश्वसनीय शारीरिक र प्राविधिक गुणहरू छन्। उनी उत्कृष्ट खेलाडी हुन सक्छन्। उनीसँग प्राकृतिक प्रतिभा छ, सँगै विश्वकप जितेको अनुभव पनि।”,रोनाल्डोले भने।

सन् २०१८ मा विश्वकप जितेको फ्रान्स यस पटक पनि विश्वकपको दाबेदारको रुपमा देखिएको छ। समूहचरण अन्तर्गत ट्युनिसिया विरुद्धको खेलमा हार बेहोरेपनि अन्य खेलमा भने फ्रान्सले उत्कृष्ट प्रदर्शन गरेको छ।

फ्रान्सले समूहचरणको खेलमा डेनमार्क र अष्ट्रेलियालाई पराजित गरेको थियो। त्यस्तै अन्तिम १६ मा उसले पोल्याण्ड र क्वाटरफाइनलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो। जारी विश्वकपमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा पनि फ्रान्सकै एम्बाप्पे रहेका छन्।