शुभकामना दिँदै संजोगले भने– ‘तिम्रो मुहारमा मुस्कान सँधै होस्’

अभिनेत्री वर्षा राउत आज आफ्नो जन्मदिन सेलिब्रेसन गर्दैछिन् । ‘नाई नभन्नु ल ४’ बाट अभिनयमा प्रवेश गरेकी वर्षाको पछिल्लो समय रिलिज भएको फिल्म ‘के घर के डेरा’ र ‘लाखे’ हो । छोटो समयमा थुप्रै सफल फिल्म अभिनय गरेकी वर्षाको फिल्मी यात्रा सुखद नै देखिन्छ । तर दर्शकले सधैं सम्झिने पात्रको भूमिका भने फिल्ममा उनले अहिलेसम्म निर्वाह गर्न सकेकी छैनन् । सायद त्यसैले होला पछिल्लो समय उनी अब काम थोरै गर्ने तर राम्रो फिल्ममा गर्ने बताउँदै आएकी छन् ।

थुप्रै म्युजिक भिडियो अभिनय गरेपछि फिल्म डेब्यु गरेकी वर्षा पछिल्लो समय वैवाहिक जीवनमा आएको खटपटको खबरले चर्चामा छाएकी थिइन् । केही समयपछि उनले मिडिया अन्तर्वार्ता वैवाहिक जीवनमा केही खटपट नभएको भन्दै डिभोर्सको हल्लालाई ब्रेक लगाइन् । उनको वैवाहिक जीवन अहिले पनि राम्रो चलिरहेको छ ।

कलाकार तथा व्यापारी संजोग कोइरालासँग करिब एक दशकको प्रेम ४ वर्ष अगाडि विवाहमा परिणत गरेकी वर्षालाई सामाजिक सञ्जालमा बिहानैदेखि जन्मदिनको शुभकामना प्राप्त भइरहेको छ । उनका पति संयोजकले पनि सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिँदै जीवनमा सधैं नै खुशी र समृद्धि छाइरहोस् भन्ने कामना गरेका छन् ।
उनले अगाडि भनेका छन्– ‘तिम्रो जन्मदिनमा शुभकामना दिन मसँग शब्दहरूको कमी छ । तिमीलाई प्रेम र भाग्यले सधै साथ दिओस् । तिम्रो मुहारमा मुस्कानले नछाडोस् ।’

कैलालीसहित पश्चिम तराईमा शीतलहर
लम्की (कैलाली), कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ ।

लम्की बहुमुखी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण पढ्न जान नसकेको बताउनुहुन्छ । यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्नुहुन्छ । उहाँ सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरेपनि आज भने काममा जान नसकेको बताउनुहुन्छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर सुरु भएपछि कैलालीका तरकारी खेती गर्दैआएका किसान चिन्तित भएका छन् । लम्कीका किसान जगनाथ जैशीले करिब दुई कट्ठा जग्गामा आलु तथा तरकारी खेती लगाउनुभएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण सबै सखाप हुने हो की भन्ने चिन्ताले उहाँलाई पिरोलेको छ ।

जाडोयाम सुरु भएपछि कसरी आफ्नो छोराछोरी र घरपरिवारलाई न्यानो बनाउने भन्ने चिन्ता लम्कीचुहा–३ वादी बस्तीकी रमा वादीलाई छ । बर्सातको समयमा बाढी र डुबान तथा हिउँदको समयमा जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदै आएका छन् । शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ ।