सम्झना लामिछाने मगर र प्रताप दासको ‘तिम्रो सम्झना आउछ छिनका छिन’ गीतले चर्चा बटुल्दै (भिडियो)

लोकप्रिय गायिका सम्झना लामिछाने मगरले आवाज दिएको निकै उत्कृष्ट गीत तिम्रो सम्झना भर्खर मात्र सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भएसँगै गीतलाई स्रोता दर्शकले निकै मन समेत पराएका छन । लामिछानेका यस अघिका गीतहरू पनि निकै उत्कृष्ट हुने गरेका थिए भने पछिल्लो गीत पनि दर्शकको मन जित्न सफल भइरहेको छ ।

नेत्र अर्यालको शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको गीतमा लामिछानेलाई गायक प्रताप दासले आवाजमा साथ दिएका छन् । गीतले माया प्रेमलाई विषय बनाएको छ ।

अडियो सहित भिडियो समेत उत्कृष्ट गीतमा सुनिल क्षेत्रीले निर्देशन गरेका छन भने अभिनय क्षेत्री र गायिका लामिछानेको रहेको छ ।