राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नुभएन – रवीन्द्र मिश्र

काठमाडौं। विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन् । राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितीमाथि राप्रपाले उठाइरहेको एजेण्डाको प्रशंशा गर्दै अब सोही एजेण्डामा अझ मजबुत सैलीमा अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा उनले नेपाली नेपालीबीच हुने झगडा सामान्य हुने तर राजदरवार भत्काएर दिल्लीलाई केन्द्र बनाउने सैली गलत भएको बताए । उनले भने, ‘हामी आफू आफू झगडा गरौं, राजा पनि नेपाली नागरिक नै हुन् उनीसँग पनि झगडा गर्न सकियो । तर, यहाँको राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नु भएन ।’

कार्यक्रममा उनले तीन वर्षअघि आफूले नेपाल विश्वको भूराजनीतिको केन्द्र बनेको बुझेको पनि बताए । उनले भने, ‘अमेरिकी कुटनीतिज्ञहरू नेपाल आइरहेका छन्, चीनका ठूला नेता आएका छन् । भारतको प्राथमिकतामा नेपाल सधै उच्च छ । यसले के देखाउँछ भने नेपाल विश्वशक्तिको केन्द्र बनिरहेको छ । तर, हामी आफै चाही भष्ट्र सरकार लिएर बसिरहेका छौं । जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छन् ।’ त्यही कारण नेपालमा भूराजनीतिक जटिलताहरु आइरहेको उनले बताए । यदि यहाँ द्धन्द्ध चर्कियो भने कहिल्यै समाधान नहुने उनको भनाइ छ ।

उनले राजनीति सिंगो देशलाई गाइड गर्ने नीति भएको बताए । तर, यहाँ देशको राजनीति गर्ने कोही भएनन् । पेशा व्यवसाय त सबैले गरेकै होलान तर अब देशलाई गाइड गर्ने राजनीति आवश्यक रहेको उनको भनाइ छ । उनले आफूलाई कांग्रेसका केही नेताहरूले आफूमा विचलन आएको आरोप लगाउन गरेको पनि बताए । उनले भने, ‘कांग्रेसले आफ्नो इतिहास हेरोस् । कांग्रेसमा कति विचलन आएको छ । यसको जवाफ कांग्रेसका साथीहरूले नै दिउँन । ’

उनले धर्मनिरपेक्षताले नेपाली समाज विकृत बनेको पनि बताए । यसमा वामवादले थप क्षति पुराएको बताए । उनले भने, ‘चामलको बोरामा राखेर बाइबल किन बाढ्ने ? पशुपति मन्दिरमै गएर बाइबल बाचन गर्नुपर्छ र ? तीन चार कक्षामा पढ्ने बालबालिकालाई किन बाइबल पढाउने ?’ उनले आफू पनि क्रिश्चियन देशमा धेरै वर्ष बसेको तर यहाँ जस्तो विचलन नपाएको बताए ।

याे पनि ः

एजेन्सी । भारतकी चर्चित कोरियोग्राफर सरोज खानको शुक्रबार अबेर राती कार्डियक अरेस्टका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी ७१ वर्षकी थिइन् ।

स्रोतका अनुसार सरोज खान १७ जूनदेखि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना थिइन् । उनलाई सास फेर्न समस्या भएपछि अस्पताल लगिएको थियो । सरोजले बिहिबार राती १ बजेर ५२ मिनेटमा अन्तिम सास फेरेको स्रोतले जानकारी दिएको छ । उनको मुम्बईको चारकोप चिहानमा अन्तिम संस्कार गरिने जानकारीमा उल्लेख छ ।

सरोज खान मधुमेह र यससँग सम्बन्धित रोगबाट ग्रस्त थिइन् । अस्पतालमा भर्ना भएपछि उनको कोरोना संक्रमणको पनि परीक्षण गरिएको थियो जसको रिपोर्ट नेगेटिभ आएको थियो ।

उनले निकै लामो समयदेखि कामबाट ब्रेक लिएकी थिइन् । गत वर्ष (सन् २०१९) मा मल्टिस्टारर फिल्म ‘कलंक’ र कंगना रनौतको फिल्म ‘मणिकर्णिः द क्वीन अफ झांसी’ मा एउटा गीतको कोरियोग्राफ गरेकी थिइन् ।

सरोजले तीन वर्षको उमेरदेखि ब्याकग्राउन्ड डान्सरको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले सन् १९७४ मा पहिलो पटक गीता मेरा नामबाट कोरियोग्राफरको रुपमा फिल्म इन्डष्ट्रिमा पाइला टेकेकी थिइन् । आफ्नो करियरमा उनले २००० भन्दा बढी गीतमा कोरियोग्राफ गर्ने उनले तीनपटक राष्ट्रिय अवार्ड पनि पाइन् । स्मरण रहोस्, सरोजले केही फिल्ममा लेखकको रुपमा पनि काम गरिन् ।