कमेडी च्याम्पियन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने

पहिलो कमेडी च्याम्पियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्।

उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सिफारिस गरेको हिमेश पन्तले जानकारी दिए।

उनका अनुसार राजनीतिमा पनि युवा लाग्नुपर्छ भन्ने उदेश्यले राजनीतिमा लागेका हुन्।

‘मेरो राजनीतिप्रति पहिलेदेखि नै झुकाव थियो,’ उनले भने, ‘त्यसैले पनि अहिले आएर म चुनावमा उठ्ने निधो गरेको हुँ।’

भएका सबै राजनीति पार्टिको पुरातनवादी सोच भएका कारण आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवार दिने भएको उनी बताउँछन्।

रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन्।

याे पनि ः
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ ।

पार्टीभित्र टिकट बाँडफाँट न्यायोचित नदेखिएको भन्दै खबरदारी अभियानमा शेखर–गगन थापा पक्षले धर्ना सुरु गरेको हो ।

धर्ना कार्यक्रममा शीर्ष नेताहरुको भने उपस्थिति देखिएको छैन । मौन धर्नामा बसेका उनीहरु करीब एक घण्टासम्म बस्ने बताइएको छ ।

धर्नामा नेताहरु गुरुराज घिमिरे, मनोजमणी आचार्य, भुपेन्द्रजंग शाहीलगायत युवा नेताहरु सहभागी छन ।

कांग्रेसको समानुपातिकतर्फको बन्द सूचीमा १ सय १० मध्ये कोइराला समुहका १३ जनामात्रै परेका छन् । कोइराला समुहबाट प्रतिमा गौतम, लीला बोखिम, केशरमान रोका, हस्तबहादुर मल्ल, केदारनरसिंह केसी, टेकबहादुर गुरुङ, डा.चन्द्रमोहन यादव, उमा दाहाल मैना रावल कार्कीे, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम सूचीमा रहेको छ ।

तर शेखर–गगन समुहले भने ४० प्रतिशत उम्मेदवारी माग गर्दै आएको छ । सूची संशोधन नगरे विद्रोह गर्ने चेतावनीसमेत दिएको छ ।