सन्दीप लामिछानेबारे अर्को खबर आयो, क्यान र प्रहरीलाई नै झसङ्ग बनायो !

काठमाडौं । चर्चित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेमाथि अहिले एउटा गम्भीर आरोप लागेको छ । उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ । प्रहरीले उनलाई भेट्यो कि समात्ने तयारी गरेको छ । यसैबीच, बालिका ब’ला’त्का’रको आरोप लाजेका क्रिकेटर लामिछानेबारे प्रहरीलाई नै झस्काउने खबर आएको छ ।

खेलकुदका क्रममा देशबाहिर रहेका लामिछाने अहिले सम्पर्कविहिन भएका छन्। नेपाल फर्कन एयरपोर्टमा छु भनेका लामिछाने आइतबारयता सम्पर्कविहीन भएका हुन्। नाबालिकामाथि जबरजस्ती करणीको आरोप खेपिरहेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने कहाँ छन् भन्नेबारे नेपाल प्रहरी र नेपाल क्रिकेट संघ क्यानले अनभिज्ञता प्रकट गरेका छन् ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सन्दीप आइतबार नै वेष्ट इन्डिजबाट नेपाल फर्कने भनिए पनि हालसम्म उनी कहाँ छन् भन्ने अत्तोपत्तो छैन । ६ भदौमा उनी केन्यामा टी–२० खेल्न गएका थिए । त्यहाँबाट सीपीएल खेल्न उनी वेष्ट इन्डिज गएका थिए ।

सन्दीप गत शुक्रबार अन्तिम पटक क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको सम्पर्कमा आएका थिए । त्यसयता उनी न क्यानको सम्पर्कमा छन् न नेपाल प्रहरीकै सम्पर्कमा छन् ।

कहाँ छन् सन्दीप भन्ने प्रश्नमा नेपाल प्रहरीले अनभिज्ञता प्रकट गरेको छ । प्रहरीका कार्यवाहक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप प्रहरीको सम्पर्कमा नरहेको बताए । उनले क्यानले सन्दीपलाई प्रहरीसमक्ष ल्याउने अपेक्षा गरेको पनि सुनाए ।

‘सन्दीप लामिछानेसम्बद्ध संस्था क्यानले उनलाई नेपाल ल्याउँछ भन्ने अपेक्षा गरेका छौँ । हामीले नेपालमा देखिनासाथ पक्राउ गर्न कालोसूचीमा राखेका छौँ । लामिछाने नेपाली भूमिमा छैनन् । उनी नेपाल प्रहरीको सम्पर्कमा छैनन्’ प्रवक्ता कार्कीले भने ।

यता, क्यान पनि सन्दीप कहाँ छन् भन्नेबारे जानकार छैन । घटना बाहिरिएपछि क्यानका कार्यवाहक सचिव मल्लको सम्पर्कमा आएका थिए । वेस्ट इन्डिजको एयरपोर्टमा छु भनेर अन्तिम पटक शुक्रबार लामिछानेले आफूसँग कुराकानी गरेको मल्लले जानकारी दिए ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)लाई उनले आइतबार आफू नेपाल आउन लागेको जानकारी दिएका थिए। तर, उनी नेपाल आइपुगेका छैनन्। उनी प्रहरीको सम्पर्कमा पनि नरहेको जनाईएको छ। शुक्रबार उनले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र नेपालको कानुनमा आफू विश्वस्त भएको भन्दै केही दिनमै नेपाल फर्किने बताएका थिए। आफूमाथि आधारहीन आरोप लागेको भन्दै उनले आफू सबै आरोप सामना गर्न तयार रहेको बताएका छन्।

प्रहरी भने मंगलबारसम्म सन्दीप नेपाल फर्किने आशमा छ। प्रहरीले अध्यागमन विभागमा पत्राचार गरी उनलाई कालोसूचीमा राख्न लगाएको छ। उनले आफैं नेपाल आउने भनेपछि इन्टरपोलको प्रक्रिया अघि नबढाएको काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले बताए। तर, अहिले उनी कहाँ छन् भन्ने आफूहरुलाई जानकारी भने नभएको उनको भनाइ छ।

सन्दीप भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगेका थिए। उनी विरुद्ध भदौ २१ गते १७ वर्षीय एक किशोरीले आफूलाई सन्दीपले ब’ला’त्का’र गरेको भन्दै प्रहरी वृत्त गौशालामा उजुरी दिएमी छिन। होटलको कोठामा राखेर मा’दक पदार्थ सेवन गराई सन्दिपले आफूलाई पटकपटक ब’ला’त्का’र गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।