९८ प्रतिशत समस्या समाधान हुन्छ नागरिकता विधेयक प्रमाणीकरण भए:योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले अधिकांश नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताएका छन् ।

नागरिकता ऐन संशोधन विधेयकले सबै समस्या समाधान गर्न नसक्ने भनी कतिपयले टिप्पणी गरिहेका बेला एमाले सचिव भट्टराईले भने राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण भएर लागू भएपछि ९८ प्रतिशत समस्या समाधान हुने ठोकुवा गरेका हुन् ।

‘नागरिकताको समस्या यो विधेयक (प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको विधेयक) आइसकेपछि (प्रमाणीकरण भएर लागू भएपछि) लगभग हल हुन्छ, धेरै बाँकी हुँदैन अब । मलाई लाग्छ ९८ प्रतिशत समस्या समाधान हुन्छ । अब एक डेढ प्रतिशत बाँकी होला।’ सचिव भट्टराईले भने ।बुधबार सिंहदरवारमा भएको ‘सांसदसँग वालवालिका’ विषययक कार्यक्रममा एमाले सचिव भट्टराईले यस्तो बताएका हुन् ।

सचिव भट्टराईले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता ऐन संशोधन विधेयकले गरेका मुख्य व्यवस्थाहरुको पनि व्‍याख्‍या गरे । सचिव भट्टराईका अनुसार पहिले जन्मसिद्धको नागरिकता भएकाका सन्तानले वंशजको नागरिकता पाउने विषय सुनिश्चित भएको छ ।आमा भएको बाबुको पहिचान नभएकोले नागरिकता पाउने, नेपालमा जन्मिएको तर, बाबु र आमा नभेटिएकोले पनि नागरिकता पाउने विषय विधेयकले सुनिश्चित गरेको सचिव भट्टराईले सुनाए ।

‘जो संस्थागत बस्नुभएको छ त्यो संस्थाले सिफारिस गर्दा पनि नागरिकता पाइन्छ । यसकारण यो नागरिकता विधेयक आएपछि नेपालमा रहेको नागरिकताको समस्याहरु लगभग लगभग हल हुन्छ’ भट्टराईले भने, ‘यसकारण अब नागरिकतामा मुलत समस्या छैन। सिडिओ कार्यालयले नबुझेर दु:ख दिएछ भने बेग्लै कुरा हो ।