सन्दीप माथी लागेको आरोपमा किन आयो देव खनालको नाम?

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बालिकामाथि जबर’जस्ती करणी गरेको समाचार आइरहेका छ।बला’त्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

१७ वर्षीया नाबालिगमाथि बला’त्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।

विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए।

किन आयो सन्दीपको बला’त्कारको आरोपमा देव खानाको नाम?

सन्दीप र पीडित भनिएकी बालिकासँगको कुराकानी भने विगत केही महिनादेखि हुने थालेको थियो।

एक अनलाइन मिडियाका अनुसार सन् २०२२ को मार्च २८ देखि अप्रिल ४ सम्म भएको ट्राई नेशन्स सिरिजमा राम्रो प्रदर्शन गरेका नेपाली क्रिकेट टोलीका खेलाडी देव खनालसँग पीडित भनिएकी बालिकाको पहिला फेसबुक मार्फत चिनजान भएको थियो ।

खनालसँग कुराकानी गर्दै जाने क्रममा उनीहरू स्न्यापच्याटमा जोडिन पुगे । नेपाल क्रिकेट सङ्घले खनाल र लामिछानेलाई काठमाडौँको कुनै एक फाइभ स्टार होटेलमा एउटै रुम बुक गरेको थियो ।

कुराकानी हुन थालेको करिब तीन महिनापछि खनालले लामिछाने आफ्नो रुम मेट भएको भन्दै दुवैको सेल्फी तस्बिर बालिकालाई पठाए ।

अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको क्रिकेट सेलिब्रेटी देखेपछि बालिकाले लामिछानेलाई स्न्यापच्याटमा रिक्वेस्ट पठाइन । रिक्वेस्ट आएको अन्दाजी ४५ मिनेटमा लामिछाने उक्त रिक्वेस्ट एसेप्ट गरे ।

त्यसपछि उनीहरूबिच कुराकानी हुन थाल्यो ।

सामान्य रूपमा कुराकानी भइरहेको समयमा सन्दीपले ती बालिकालाई भदौ ५ गते आइतबार भेट्न बोलाए । आफू केन्या जाने र त्यसपछि क्यारेबियन प्रिमियर लिग खेल्न जाने भएकाले दुई महिनासम्म नेपाल नहुने भन्दै लामिछानेले बालिकालाई भेट्न आग्रह गरेका थिए ।

भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’मा लगेर पटक–पटक बला’त्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ ।

घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । प्रहरी वृत गौशालाका अनुसन्धान अधिकृतले बोजिनी रिसोर्टमा पुगेर लगबुक र सिसिटिभी चेकजाँच गरेका छन् ।

नाबालिग काठमाडौंका एक क्याम्पसमा कक्षा १२ मा पढ्छिन् । स्न्यापच्याट र हवाट्एप माफर्त कुराकानी भएपछि नाबालिकलाई सन्दीपले घुम्न लगेका थिए । आफूलाई नगरकोटमा लगेर घुमाएको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

‘दिनभर नगरकोटमा घुमाए, त्यहाँको होटलमा बस्न बारम्बार दबाव दिएपनि मैले अस्वीकार गरेपछि काठमाडौं ल्याए’ प्रहरीमा दर्ता भएको जाहेरीमा भनिएको छ, ‘काठमाडौं आइपुग्दा मेरो होस्टल बन्द भैसकेको थियो, त्यसैले मध्यरात पनि भएकाले बालिका आफू बस्ने ठाउँ जान अप्ठ्यारो हुने बताएपछि लामिछानेले काठमाडौँको पिंगलास्थानमा रहेको एक होटेलमा रुम बुक गरेको थियो।’

होटेलमा दुई वटा रुम बुक गर्न बालिकाले कर गरेपछि होटेलमा एउटा मात्र कोठा उपलब्ध भएको भन्दै लामिछानेले बालिकालाई अर्को उपाय नभएको बताए । अनि राति पटक–पटक बला’त्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ।