चुनावमा म्यादी प्रहरी भएकाहरुको भाग्य चम्कियो , सरकारले ल्यायो गजबको योजना !

नावमा म्यादी प्रहरी भएकाहरुको भाग्य चम्कियो , सरकारले ल्यायो गजबको योजना !

सरकारले एक पटक म्यादी प्रहरी भई देशको सेवा गरेकाहरुका लागी विशेष व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षका लागी ल्याएको बजेटमा म्यादी प्रहरीका लागी विशेष व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधीसभाको बैठकमा बजेट प्रस्तुत गर्दै लोकप्रिय कुराहरुका लागी बजेट विनियोजन गरेका छन् । उनले म्यादी प्रहरीका लागी विशेष प्याकेज घोषणा गरेका छन् ।

सरकारले म्यादी प्रहरीलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार योजना ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार म्यादी प्रहरीमा आबद्ध भएर देशलाई योगदान पुर्याउनेहरुलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार योजना ल्याइएको हो। यस अनुसार म्यादी प्रहरीमा काम गरेकाहरुलाई उनीहरुको रोजाई र क्षमताअनुसार उद्यम र रोजगारमा लगाइने छ।

उद्यममा लाग्नेहरुलाई उनीहरु को चाहनाअनुसारको क्षेत्रमा उद्यम गर्न सघाइनेछ भने रोजगार गर्न चाहनेहरुलाई सिप र क्षमताअनुसार बिभिन्न क्षेत्रमा रोजगारको व्यवस्था गरिनेछ।

त्यस्तै उनीहरुलाई संचित सुरक्षा बलको रुपमा समेत उपयोग गर्ने व्यवस्था गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। यस पटक अर्थात २०७९ सालको स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरीले रोजगारी पाएका थिए ।

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ ।

माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई सत्ता संचालन तालिम दिने
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सत्ता संचालन सम्बन्धी तालिम दिने भएको छ ।

आज बुधबार बसेको माओवादी पूर्व स्थायी समितिको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक तथा अन्य विषय विज्ञहरुले सत्ता संचालन सम्बन्धी प्रशिक्षण दिन लागेका हुन् । नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ ।

लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती गाउँपालिकामा माओवादी विजयी
दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका छन् ।माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् ।

दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्रसमेत हो । २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो ।यसपटक माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय प्रकाश विष्टलाई उम्मेदवार बनाएको थियो ।

विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगत प्रसाद पोखरेललाई १ हजार १९८ मत अन्तरले हराए । पोखरेलले ५ हजार ७०० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार जदगदम्बा कुमारी पोखरेलले ४ हजार ११९ मत मात्र पाइन् ।

अध्यक्ष पद माओवादी केन्द्रले जिते पनि उपाध्यक्ष पदमा भने नेकपा एमालेकी उम्मेदवार कमलापती चौधरी निर्वाचित भएकी छन् । ६ हजार ६७४ मत पाएर उनी उपाध्यक्ष पदमा निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले ५ हजार ४९६ मत पाए । जनमोर्चाका उम्मेदवार केशवराज खनालको पक्षमा ४ हजार ४६४ मत मात्र पर्‍यो ।

प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने म्यादी प्रहरीलाई सञ्चित सुरक्षा दलको रुपमा उपयोग गर्ने व्यवस्था मिलाइने
काठमाडौँ — सरकारले युवा स्टार्टअप कार्यक्रम अन्तर्गत युवाहरुलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् ।

अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्ने व्यवस्था मिलाइने पनि बताए । ‘युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री शर्माले भने ।