नायिका शिल्पा पोख्रेल र बलेले खेलेको दोहोरी गीत युटुबमा हिट हुदै

लोक तथा दोहोरी गायक बिरही कार्कीको ‘मायाको ढोका खोली देउ’ गीत सार्बजनिक गरिएको छ । एक कार्यक्रमकाबीच लोक गायक तथा सर्जक नारायण रायमाझीले सो गीत सार्वजनिक गरेका हुन् । गीतको म्युजिक भिडियो बिरही कार्की युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा गायक कार्की र चर्चित गायिका अन्जु पन्तको आवाज रहेको छ । गीतमा लय तथा शब्द गायक कार्की कै रहेको छ ।गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र सागर लमसाल ‘बले’ को आर्कषक नृत्य देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् ।

पाँच वर्ष अघि अमेरिका पुगेका कार्कीले गीत संगीतलाई भने छोड्न नसक्ने बताए । नेपाल फर्किएको मौकामा उनी सामाजिक कार्य पनि गर्दै आएका छन् । उनले गाएका तथा सृजना गरेका दर्जनबढि गीतहरु अझैं चर्चामा छन् ।