भिक्टोरियामा पहिलो नेपाली मन्दिर बनेको शहर बेन्डिगोमा पहिलो तीज

बेन्डिगो, अस्ट्रेलिया: २.५ मिटर अग्लो विस्वकै सबैभन्दा ठूलो रत्न गुणस्तरको सबैभन्दा महंगो वुद्ध मूर्ति राखिएको The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु भएकोले आफ्नी दिबंगत छोरीको संझनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्धारा बेन्डिगो शहरमा निर्मित गणेश मन्दिर नेपालीद्धारा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बनाइएको पहिलो मन्दिर हो । पछिल्लो एकाध बर्षमा नेपालीको संख्या बढ्दै करीब सय जना पुगेको यो शहरमा करीब ८० जनाको उपस्थितिमा पहिलो पटक आधिकारिक रुपमा तीज मनाइएको छ ।

कार्यक्रमको औपचारिक शुरुवात अस्ट्रेलिया बसेर लामो समयदेखि नेपाली सांगितिक क्षेत्रलाई योगदान पुर्याउँदै आएका गायक राजेश केसीद्धारा गाइएको ‘जहाँ छन वुद्धका आँखा’ गीतबाट गरियो ।

बेन्डिगोको पहिलो नेपाली उमेश श्रेष्ठले शुरुका समयमा नेपाली भेट्न पाउँदा मात्रै पनि अत्यन्तै खुशी लाग्ने र आफूले बेन्डिगो छाड्दा करीब १० परिवार रहेको स्मरण गर्दै पहिलो पटक यसरी यत्ति धेरै नेपालीको बीचमा आफूलाई यही शहरमा पाउँदा अत्यन्तै खुशी लागेको बताए । श्रेष्ठ प्रत्येक सप्ताहन्तमा आफूद्धारा निर्मित मन्दिरको रेखदेखको लागि मेलबर्नदेखि करीब २ घण्टा ड्राइभ गरेर नियमित रुपमा बेन्डिगो आउने गर्छन ।

कार्यक्रममा प्रियंका प्रधान र बिमला कंडेलले पनि छुट्टाछुट्टै एकल गीत गाएका थिए भने बिभिन्न गीतमा प्रियंका प्रधान, बिमला कंडेल, मनिषा पौडेल, प्रमिला पौडेल र आस्था रानाद्धारा सामूहिक नृत्य प्रदर्शन गरिएको थियो ।

आ-आफ्नै खर्चमा उपस्थित सबैलाई तीजको दरको तयारीको लागि संयोजनकारी भूमिका निर्बाह गर्ने प्रिन्सद्धारा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो भने दिदी-बहिनी समाज भिक्टोरियाको बेन्डिगो युनिटकी संयोजक मनोरमाद्धारा कार्यक्रम आयोजना गर्न भूमिका निर्बाह गर्ने र कार्यक्रमा सफल तुल्याउन आइ बिभिन्न किसिमबाट सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरिन ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ र दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा देवी श्रेष्ठको समेत उपस्थिति रहेको र अनुपमा कायस्थद्धारा उदघोषण गरिएको उक्त कार्यक्रममा पुरक श्रेष्ठद्धारा स्वागत मन्तब्य ब्यक्त गरिएको थियो ।

कार्यक्रमका केही भिडियोहरु:

https://youtu.be/4PFg6lxPCO8