कमला घिमिरेको लरिलरिलै – ३ छोरीको मर्म युटुबमा भाइरल,ट्रेनिङ्ग ३ मा प्रवेश

नेपालि गीत संगीतमा असार महिना बाटै तिज गीतहरुले सोशल मिडियाहरु तताउने सुरु गरेका थिए। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीजका भाकाले तिज घर आगनमा आयको जस्तै महसुस सबैलाई गराउन थाल्छ।

भने कतिपयलाई त झरीमा लुछुप्पी रुजेर आयको समयमा समेत तिनै तीजका भाकाले आनन्द दिने गरेको पाउन सकिन्छ। यसै गरेर ति तीजका गीतहरुमा चेलीको बेदना, घरायसी कुराहरु संगै विभिन्न खालका बिषयमा कलाकार तथा सर्जकहरुले गित नयार गरेको पाईन्छ।जुन गीतले कतिपयको घरमा उस्तै मेल खायर हाम्रै लागी अथवा मेरै लागी बनायछ क्यारे भनेर मनमनै समेत भनेकै होलान। जे होस् हाम्रो मौलिक परम्परालाई निरन्तर राख्दै कलाकारले हरेक बर्ष यस्तै गरेर तीजका गीतहरु सबै नेपाली माझमा पस्किदै आयका छन्।

दैनिक रुपमा तीजका गीतहरु बजारमा आउने क्रममा पछिल्लो समयकी सबैले रुचाईयकि बाल-गायिका कमला घिमिरेले यसपाली कस्तो गीत गाउलिन भन्ने धेरैको मनमा लागेको थियो होला। उनै बाल गायिका नयाँ तिज गीत सार्वजनिक भएको छ।“लरिलरिलै भाग ३ छोरीको कर्म” नामक गीत आइतवार शुभारम्भ म्युजिक बाट सार्वजनिक गरिएको हो कमला घिमिरे लाई स्वरमा साथ दिएका छन । खेम सेन्चुरी र जानुका तामाङ ले ।

नेत्र अर्यालले शब्द सिर्जना गरेको सो गीतमा गायक खेम सेन्चुरीले म्युजिक भरेका छन। गीत ले भन्न खोजेको छ पछिल्लो समय निकै बढि रहेको ब’ला’त्कार र चेलीले पीडा कति खेप्नु परेकि छ यसै बिषयमा छ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन मा तयार भएको सो म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन भने बिष्णु शर्माले सम्पादन गरेका हुन। म्युजिक भिडियोमा कमला घिमिरे खेम सेन्चुरी र सरस्वति फुयालको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस्