प्रेमीको घरमा खल्लबल्ल मच्चाएपछि तनावमा रहेकी मन्त्री विमला वली बेहोस, अस्पताल भर्ना गरेर उपचार थालियो

काठमाडौँ:

मंगलबार प्रेमीको घरमा पसेर प्रेमीकी पत्नि र छोरीलाई लछारपछार पारेर भाइरल बनेकी लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस भएकी छिन् ।

उनी बेहोस भएर लडे लगत्तै लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । मंगलबार नै दाङबाट बुटवलमा पुगेकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा। इन्द्र ढकालले बताए ।

डा। ढकालका अनुसार वलीको प्रेसर र सुगरको मात्रा बढी रहेको र अहिले स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ । बेहोस अवस्थामा नै अस्पताल लगिएको ओलीको स्वास्थ्य परिक्षण गरिएको र रिर्पोटहरु आउन समय लाग्ने अस्पतालले जनाएको छ ।

प्रेमीको घरमा पुगेर खल्लबल्ल पारेपछि प्रहरी नियन्त्रणमा रहेकी उनलई मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा लगिएको थियो ।