एमालेले जितेको स्थानीय तह हामीले पाउनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवारी पाउनुपर्ने दावी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच विवाद चुलिएको बेला नेपालले एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएक हुन् ।

उनले एमालेले जितेको ठाउँमा आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँड गर्दा यसविषयमा गठबन्धनमा आवद्ध अन्य दलहरुले ध्यान पु¥याउनु पर्ने बताए ।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमती नभए सहमत हुने दलसँग गठबन्धन गरेर प्रतिस्पर्धा गरिने बताए ।

अध्यक्ष नेपालले चुनावी तालमेल गर्दा तलतलका कार्यकर्ताहरुको कुरा सुनेर गर्न नहुनेतर्फ पनि गठबन्धनमा आवद्ध दलहरुको ध्यानाकर्षण गराए । आफ्नो शक्तिलाई अपमानपूर्ण व्यवहार गर्न थालिएको भन्दै उहाँले त्यसरी अवमूल्यन नगर्न चेतावनीसमेत दिए ।

कसले अवमूल्यन र अपमान गर्यो भनेर किटान नगरेपनि नेपालको भनाइ गठबन्धनका नेताप्रति लक्षित थियो । उनले आफ्नो शक्ति निर्णायक शक्तिका रुपमा रहेको दावी पनि गरे ।