अस्मिता अधिकारी र राजु सेन्चुरीको आवाजमा क्यामेरामेन नबराज उप्रेतीले खेलेको म्युजिक भिडियो बाहिरियो

काइरोज स्टुडियो को ब्यानरमा ” साँचो माया ” बोल को गीत डिजिटल बजार मा सार्बजनिक गरियको छ। यस गीत मा गायिका अस्मिता अधिकारी र राजु सेन्चुरी को स्वर रहेको छ भने शब्द/संगीत राजु सेन्चुरी र संगीत संयोजन बिशाल निरौलाको रहेको छ। सेवा रेकर्डिङ्ग स्टुडियो मा रेकर्ड भयको यस गीत मुकारुङ्ग मुस्कान राइ ले मास्टरिङ्ग गरेका हुन्।

नेपालि सांगीतिक छेत्रका सु-प्रसिद्ध छायाँकार नबराज उप्रेती र मोडेल आश्मा गिरि को अभिनय रहेको उक्त गीत प्रविन भट्ट को सम्पादन, राजेन्द्र मोक्तान को रंग संयोजन, बिमला तामाङ्गको शृंगार, शिव शरण न्यौपाने को छायांकन, मौसम हिमाली को कोरियोग्राफी तथा प्रकाश भट्ट को निर्देशन रहेको छ।

सधै पर्दा पछाडी रहेर अरुलाइ क्यामेरा मा उतार्न खप्पिस छायाँकार नबराज उप्रेती यस पटक आफै मोडेल आश्मा गिरि संग स्क्रिन रोमन्स गरेका छन्। गीत मा माया प्रेम का साथै सुन्दर दृश्य हरु लाइ भरपुर कैद गरियको छ। सधै अरुले स्क्रीन मा रोमान्स गरेको हेर्ने यस गीत का मोडेल उप्रेती आफै मा एक कुशल मोडेल भयर यस गीत मा रोमान्स गरिरहेको हेर्न पाइन्छ।