नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन चर्कियो

काठमाडौं। नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन चर्किएको छ। आज आइतबार बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा बानेश्वरमा एमसीसीविरोधी प्लेकार्डसहित मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन्।

एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ।बानेश्वर क्षेत्रमा माओवादीनिकट कार्यकर्ताहरुले केहीबेर नाराबाजी गरेर फर्किएका छन्। राप्रपाले भने प्रदर्शनलाई जारी राखेको छ।

आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने तयारी गरिएको छ।