के नायक पल शाहको सम्पर्क भईरहेको छ पुजा संग ? खोलिन् यस्तो राज , भन्छिन्– पलको बिबादलाई लिएर फिल्म उद्योगकै मान्छेले फोन गरेर यस्तो सम्म भने

नायक पल शाह यतिबेला प्रहरीको खोजीमा रहेका छन् । एक नाबालिगलाई बलात्कार गरेको उजुरी परे पछि उनको खोजी तिब्र रुपमा भईरहेको छ । अहिले सम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनी एकदमै भुमिगत भएर बसेका छन् । यसैक्रममा पल अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ देशभर प्रर्दशन भईरहेको छ । तर उनी भने फरार सुचीमा रहेकोले यो खुशी आम दर्शक तथा फिल्म युनिट संग उनले बाँड्न सकेनन् ।

फिल्मले गज्जबकै प्रशंसा बटुलिरहेको छ । यसैक्रममा फिल्मको निर्मात्री तथा नायिका पुजा शर्माले पलको घटनाले आफुलाई फिल्म उद्योगकै मान्छेहरुले असहयोग गरेको बताईन् । फिल्म रिलिज हुनु अघिल्लो दिन सम्म फोन गरेर तेरो फिल्म अब के हुन्छ हेर्दै जा भनेर दागा धर्नेहरुलाई फिल्मको प्रर्दशनले नै जवाफ दिईसकेको बताईन् । सबैले आफुलाई फोन गरेर उडाएको उनको भनाई छ । उनले भनिन्– मलाई कतिपयको फोन आयो । अनि तेरो फिल्मको माया लाग्यो भनेर गिज्याए पनि । रिलिजको अघिल्लो दिन सम्म यस्तो भयो ।

मलाई एकदमै पीर लागेको थियो । फिल्म उद्योगकै मान्छेले फोन गरेर यसरी गिज्याउँदा ।तर केही छैन फिल्म आफै बोलिसकेको छ । यसले उनीहरुलाई उत्तर दिई सकेको छ । उनले आफ्नो चलचित्रको प्रिमियरका लागि फोन गरि गरि बोलाउँदा पनि कतिपय नआएको भन्दै गुनासो पोखिन् । पल संग कुराकानी भएको छ कि छैन भन्ने जिज्ञासामा उनले आफु संग पलको कुराकानी नभएको दाबी गरिन् । त्यस्तै उनले पलको साथ कहिल्यै नछोड्ने समेत बताईन् ।

पछिल्लो घटना क्रममा लाई हेर्दा पलले त्यस्तो गर्न सक्दैन भन्ने बिश्वास ब्यक्त गरिन् । पलले आफु संग ५ बर्ष सम्म संगै रहदा हिड्दा कुनै दायाँ बायाँ गरेको थाहा नभएको बताईन् । यसैक्रममा लोक गायक बद्री पंगेनी तथा टिका सानुले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिए भने पलका बिषयमा आफ्ना कुरा समेत राखे । बद्रीले भने– पल शाह संगै भएको राम्रो हुन्थ्यो ।

पुजा संग जसरी हेर्यो पल संग पनि संगै हेर्न पाए राम्रो हुन्थ्यो । त्यस्तै उनले कला क्षेत्र एउटै परिवार रहेकोले यसमा मनमुटाव हुनु राम्रो नभएको प्रतिक्रिया दिए । त्यस्तै पलका बारेमा गायीका टिका सानुले दुःख लागेको बताइृन् । मोबाईलमा छरपस्ट आईरहेकाले पलको बारेमा थाहा नपाउने कुनै कुरै नभएको बताईन् ।