३० करोड भारु पर्छ सन्नी लियोनीको आफ्नै निजी जेट बिमानको मूल्य

एजेन्सी- सन्नी लियोनीको नाम बलिउड इन्डस्ट्रीकी सुन्दर र हट अभिनेत्रीमा पर्छ । नायिकाले आफ्नो अभिनयले मानिसको मनमा स्थान बनाएकी छिन् । सन्नी अभिनेत्री हुनुका साथै डान्सर पनि हुन् । सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी हुन्छिन् । अभिनेत्रीको पोष्टलाई फ्यानले निकै मन पराएका छन् । सन्नीको पोष्टमा फ्यानहरुले भरपुर माया दिइरहेका छन् ।

तर के तपाईलाई थाहा छ यी अभिनेत्रीमा त्यस्तो केही छ जुन कुनै पनि अभिनेत्रीमा छैन । सन्नी लियोनी आफ्नो अदभुत अभिनय र सौन्दर्यका कारण निकै चर्चित भइन् । सन्नीको अभिनय र सौन्दर्यका लागि फ्यानहरु पागल छन् । सन्नी लियोनीले बलिउडका धेरै ठूला फिल्ममा काम गरिसकेकी छिन् । जसमा सन्नी मुख्य भूमिकामा देखिएकी थिइन् ।

नायिकाले धेरै ठूला तथा दिग्गज कलाकारसँग पनि काम गरिसकेकी छिन् । जसका कारण आज सारा देशले उनलाई चिन्छ । बलिउड उद्योगमा यस्ता धेरै अभिनेत्री छन् । जो आफ्नो फेसन र धनको कारण चर्चामा रहने गरेका छन् । सनी पनि यिनै अभिनेत्री मध्ये एक हुन् तर सन्नीसँग यति महँगो कुरा छ, जुन कुनै बलिउड अभिनेत्रीको छैन ।

अभिनेत्री सन्नी लियोनीको आफ्नै निजी जेट बिमान छ । उनको जेटको मूल्य करिब ३० करोड भारु रहेको छ । यससँगै सन्नी लियोनीसँग १०० करोडभन्दा बढीको सम्पत्ति छ । सन्नी लियोनीको अमेरिका, क्यानडा, मुम्बई आदि ठूला देशहरूमा ठूला र विलासी घरहरू छन्। अभिनेत्रीले फिल्म वा गीतको लागि पनि धेरै पारिश्रमिक लिन्छिन्।

अर्कोतर्फ सन्नी लियोनीको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी चाँडै नै धेरै ठूला फिल्ममा देखिनेछिन् । जसमा ‘पट्टा’, ‘वीरमहादेवी’, ‘रंगीला’, ‘ओह माई घोस्ट’, ‘अनामिका’ जस्ता ठूला फिल्महरू समावेश छन् । फिल्म ‘अनामिका’ बाहेक उनका सबै फिल्म यो वर्ष २०२२ मा मात्रै रिलिज हुनेछन् । उनका फ्यानहरु यी फिल्महरुको प्रतिक्षामा छन् । अहिले नायिका आफ्नो गीतको भिडियोलाई लिएर चर्चामा छिन् । पछिल्लो समय उनका धेरै भिडियो सार्वजनिक भएको थियो ।