लामो समयदेखि चर्चित निर्देशक करण जोहर र कंगना बिच विवाद,यस कुरामा भएको रहेछ झगडा

मुम्बई । विभिन्न विवादका कारण पछिल्लो समय कंगना रनौत अहिले निकै चर्चामा छिन् । उनी रियालिटी शोमा पनि प्रस्तुत हुँदैछिन् । रियालिटी शोमा कंगना उद्घोषकको भूमिकामा देखिनेछिन् । हालसालै, ट्रेलर रिलिज गर्दै उनले यो कुरा खुलासा गरेकी हुन् । उनले आफ्नो शोमार्फत जेलमा राख्न चाहने सबैको नाम सार्वजनिक गरेकी थिइन् । उनको कार्यक्रम जेलसँग सम्बन्धित हुने छ ।

अभिनेत्रीले करण जोहरलाई आफ्नो ‘बेस्ट फ्रेन्ड’ भनेकी थिइन् र आफूलाई लक अपमा राख्न चाहेको बताइन् । कंगना रनौत र करण जोहरबीच लामो समयदेखि सबै ठीकठाक नभएको र दुवैबीच विवाद भएको कुरा सबैलाई थाहा छ । यो प्रश्नमा कंगनाले भनिन्,‘यसको हकदार धेरै व्यक्तिहरू छन् र उनीहरू लक–अपमा हुनुपर्छ । उनीहरू पनि फिल्म उद्योगका हुन् ।’ तथापि आफ्नो रोजाई करण जोहर रहेको उनको दाबी छ ।

करणलाई कैदी बनाउने प्रसँगमा निर्माता निर्देशक एकता कपूरले अभिनेत्री कँगनालाई भनेकी छिन्, ‘म र करण भित्र बसेर खानाको ’boutमा कुरा गर्नेछौं । हामी कंगनालाई भित्र निम्तो गर्नेछौं र हामी सबैले सँगै डिनर गर्नेछौं । राजधानि दैनिकमा खबर छ । ’

  1. कंगना रनौत र एकता कपूर बीच कफी गफमा भएको बार्ताको प्रसँग हो यो । आफुसँग कँगनाको नराम्रो सम्बन्ध भए पनि करणले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । उता कैदीको रुपमा आमिरलाई पनि लक अपमा राख्ने चाहना कँगनाले व्यक्त गरेकी छिन्