नेपाल आइडलबाट चर्चामा आएकी गायिका प्रमिला राई…….

काठमाडौं । नेपाल आइडल सिजन १ बाट नेपाली सांगितिक क्षेत्रमा उदाएकी गायिका प्रमिला राई विवाह बन्धनमा बाँधिएकी छन् ।

नेपाल आइडलको टप सेभेनभित्र परेर बाहिरिएकी प्रमिलाले केही दिनअघि मात्र विवाह गरेकी हुन् ।

वैवाहिक बन्धनमा बाँधिएकी प्रमिलालाई शुभकामना दिन प्रदेश १ का पुर्वमुख्यमन्त्री शेरधन राई र उनकी पत्नी जाङ्मु शेर्पा राई पुगेका थिए ।

अन्य समाचार / काठमाडौँ : कतारस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी (पासपोर्ट) दिन सुरु गरिएको छ । विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी भएको हो । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट परीक्षणस्वरुप विद्युतीय राहदानी जारी गरेको हो ।
योसँगै सोमबारबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङसमेत खुला गरेको जनाएको छ । यस्तै, अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरूमा समेत विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले जनाएको छ ।

साथै, अमेरिकी तथा युरोपेली मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको विभागले जनाएको छ । नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ ।-