नेपाल टेलिकमको भ्यालेन्टाइन डे अफर, यस्ता छन् फाइदाहरु

काठमाडौं : नेपाल टेलिकमको भ्यालेन्टाइन डे अफर ल्याएको छ । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ ।

यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते मात्र उपलब्ध रहेको छ । सो अफर अन्तर्गत ४९ रुपैयाँमा १ एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २ सयदेखि ४ सय ९९ सम्मको रिचार्जमा ५ सय १२ एमबी डाटा र ५ सय वा सोभन्दा माथिको रिचार्जमा १ हजार २४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।