एकाएक भाइरल भयो अमेरिका बस्दै आएका दिपक केसीको लोकदोहोरी गीत ए मैना

काठमाडौँ- नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय राम्रा सृजनाको खोजि हुन थालेको छ यसैको फल स्वरूप अमेरिकामा बस्दै आउनु भएका एक कुशल सृजनाकर्ता तथा बौद्धिक व्यक्ति दिपक केसीको नया गीत बजारमा आएको छ, गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘ए मैना…’ गीत रिजिल भएको छ ।मंगलबार उक्त गीतको भिडिओ झझल्को डिजिलको अफिसिय युटुव मार्फत रिजिज गरिएको हो ।

प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ ।गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ । राम केसीको छायाँकनमा तयार पारिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

दिलिप रेग्मीको निर्देशनमा भिडिओ तयार गरिएको छ । ‘ए मैना’ गीतको भिडिओमा मोडल लोमस शर्मा र नायिका नम्रता सापकोटाको दमदार अभिनय देख्न सकिन्छ। हेरौ भिडियो :