मितेरी सम्बन्धमा बनेको एकनारायण भण्डारीको नया गीत चर्चामा

काठमाण्डौ । नेपाली साङ्गीतिक क्षेत्रमा फरक वीट प्रयोग गर्न माहिर मानिन्छन् लोकप्रिय सर्जक एकनारायण भण्डारी । उनले आधुनिक र लोक दोहोरी दुवै विद्यामा तीखो कलम चलाउँछन् । यसै बीच भण्डारीले आफैले आवाज दिएको नयाँ गीत जुम्लाबाट आउनु भयो मीत भर्खर मात्र सार्वजनिक भएका छन ।

यस अघि केही गीतमा आवाज दिएका भण्डारीको यो गीतमा गाएकी सुन्दा दर्शक स्रोता पनि दंग छन । उनले गीतलाई निकै न्याय गरेर गाएका छन भने दमदार शब्द र संगीत समेत भरेका छन । उनले गीत मार्फत जुम्ला र शहरमा बस्ने बीचको मीत सम्बन्धलाई गीतमा उठाएका छन । मीत शब्द नेपाली समाजमा अहिले लोप हुँदै गइरहेको अवस्थामा उनको गीतले भने मीत शब्द र सम्बन्ध बिच निकै चर्चा बढाएको छ ।

कुमार केसीको कलात्मक निर्देशन रहेको गीतमा सुधिर श्रेष्ठ,विजय पुन र सिर्जना जिसीको अभिनय रहेको छ । गीत सार्वजनिक भएको छोटो समयमा धेरैले राम्रो भन्ने प्रक्रिया पनि दिएका छन ।