लोकदोहोरी गीत ज्यान दिन्छु भन्नेले ‘मोया नमार’ बजारमा हिट (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक दिनेश बिसी र शान्तिश्री परियारको आवाजमा मनै रुवाउने गीत ‘मोया नमार ’ सार्बजनिकको भएको छ ।

चर्चित गायक गायिका कल्पना दाहाल, श्रीधर अधिकारी, लक्ष्मी खडका, पुजा देबकोटा र मिसन मगरको स्वरमा मोया नमार नया मिठो गित बजारमा आएको छ । गितको शब्द सृजना गायक श्रिधर अधिकारीको भाइ बिमल अधिकारीले गरेका हुन । उनकै सृजनामा रहेको अघिल्लो बर्षको तिज गित लाली जोबान टिकटकमा अत्याधिक चर्चामा समेत थियो भने गितको संगित गायक श्रिधर अधिकारीले नै गरेका हुन ।

गितमा रोबिन पोखरेल, स्वभिमान सुवेदी, खेम भुसाल, बिनम कडेल, स्वस्तिमा आचार्यको अभिनय छ । गितको छायाँकन टंक केसिले गरेका हुन भने गितको निर्देशन श्रिधर अधिकारीले गरेका छन् । गित Shreedhar Adhikari युटुब मार्फत बजारमा आएको छ ।

पुरा भिडियो हेर्नुहोस् :