टिकटकबाट अव नेपाल पनि पैसा आउने

काठमाडौँ, ६ जेठ । नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरुबाट पनि अव आम्दानी हुने भएको छ । यही २०७८ साल जेठ ७ गते शुक्रबारदेखि रिलिज नेपाल प्रा.लीले टिकटक एकाउन्टहरुको भेरिफिकेसनका लागि काम थाल्ने भएकाले नेपाली टिकटकबाट पनि आन्दानी हुने भएको हो । टिकटकका लागि नेपालबाट आफुहरु कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारीक रुपमा काम गर्ने भएको रिलिज नेपालले जनाएको छ । टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि http://releasenepal.com/tiktok/ लिंकमा क्लिक गरेर फाराम भर्न सक्ने रिलिज नेपालका प्रशासन विभाग प्रमुख अनुप भासुले जानकारी दिनुभयो ।

भासुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “फाराम भरेको ४५ देखि ६० दिन भित्रमा त्यसको टुंगो लगाइने छ । भेरिफिकेसन भएको टिकटक एकाउन्टंमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मोनिटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भइ ब्लु टिक देखिएको र मोनिटाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्सेदारहरुले निश्चित रकम समेत पाउने छन् ।”

मोनिटाइज भएको एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चालकलाई पनि आउने भएको हो । टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेलगायतका समस्या कम हुने र भएमा पनि चाडै समाधान हुने भएकाले पनि टिकटक एकाउन्ट भेरिफिकेसन गराउनु राम्रो मानिन्छ । रिलिज नेपालले टिकटक एकाउन्ट भेरिफिकेसन बाहेक नेपालमा टिकटक सो, टिकटक अवार्ड जस्ता टिकटकसम्वन्धी कुनै पनि इभेन्टहरु गर्न चाहनेहरुले आफुहरुसँग सम्पर्क गर्नु पर्ने जनाएको छ ।

प्रेस बिज्ञप्ति