‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापित रास्टिय खाद्य बैंक द्वारा झापाको गौरादहमा कृषी परियोजना स्थल समुद्घाटन

युवराज रेग्मी
बैशाख १० झापा /

झापाको गौरादह नगरपालिका वडा नं ७ मा राष्ट्रिय खाद्य बैंक लिमिटेडले दोश्रो कृषि परियोजना समुद्घघाटन गरेको छ ।
बैंकले आज शुक्रबार एक औपचारिक कार्यक्रमबीच परियोजना स्थल सुभारम्भ गरेको हो ।

गौरादह नगरपालिका वडा नं ७ मा बैंकले लिजमा लिएको ३५ विगाहा जमिनमा कृषि परियोजनाको उद्घाटन गरेको हो ।
स्थानीय अगुवा किसान डिल्ली प्रसाद सेढाँइको सभापतित्वमा आयोजित कार्यक्रम प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख रोहीत कुमार शाह , विशेष अतिथिमा नगर उप प्रमुख गिता भेटवाल बैंकका प्रमुख कार्यकारी अधिकृत संकर उप्रेती , धानवाली वीज्ञ डा. भोलामान सिंह बस्नेत, माटो वीज्ञ डा. चन्द्र प्रसाद पोखरेल, बैंकका संचालक इश्वर लुइटेल , गौरादह नगरपालिका वडा न २ का वडा अध्यक्ष हेमन्त कार्की लगायत स्थानिय पत्रकारहरु लगायत जग्गादाता र स्थानिय हरुको समुपस्थिती रहेको थियो ।

कार्यक्रममा कृषि परियोजना स्थलको उद्घाटन गर्दै गौरादह नगरपालिकाका नगरप्रमुख रोहीत कुमार शाहले राष्टिय खाद्य बैकलाई मनैदेखि स्वागत गरेको बताए ।
कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख साहले आफुपनि एक किसान भएको र किसानका अनगिन्ती समस्या हुने भएकाले देसमा व्यवसायिक प्रकृतिको कृषिको आवश्यकता रहेको बताए ।
सम्बोधनकै क्रममा उनले कृषि क्षेत्रमा बिगतका बर्षहरुमा अनुदानको बिकृति फैलिएकोले त्यसो नगरी असली रुपमा कृषि क्रान्तिमा लाग्न सुझाब समेत दिएका थिए ।

खाद्य बैंकले कृषि क्षेत्रका वीज्ञ तथा अनुभवी व्यक्तिहरु रहेको हुनाले बैंकले कृषिमा राम्रो प्रगती गर्नसक्ने बताउदै स्थानीय सरकारले सम्भब भएका सबै किसिमका सहयोग र सहकार्य गर्न आफुहरु तयार रहेको बताए ।

कार्यक्रम लाई सम्बोधन गर्दै उप- प्रमुख गिता भेटवालले किसानहरु हेपिने पिल्सने गरेको बताउदै यस्तो अवस्थाको अन्त्य गर्न खाद्य बैंकको भुमिका महत्त्वपूर्ण हुने बताउदै कृषि नै आर्थिक विकास र समुन्नतीको आधारशिला भएकोले सबैले आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताइन् ।

कार्यक्रममा राष्ट्रिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिले दोश्रोे परियोजनाको रुपमा झापाको गौरादहमा परियोजना सुरु गर्न पाउँदा आफुलाई खुशी लागेको बताए ।
उनले परियोजना स्थलको ३५ विगाहा जमिनमा पहिलो चरणमा लोकल बासमती लगायतका स्थानिय प्रजातीका धानवालीहरु लगाउन आवश्यक मल, विउ तथा बिजन समेत तयार गरिसकिएको बताए ।

गौरादहमा बैंकले परियोजना सुरु गर्दा धेरै किसानहरु हर्षित भएकोले आफुलाई पनि त्यसले उत्साह मिलेको बताए ।
उनले भने ‘किसानहरुसँगै मिलेर उन्नत जातका धानवालीहरु लगाउने, कृषी उत्पादन लाई अर्गानिक बनाउँदै लैजाने र कृषिमा देशलाई आत्मनिर्भर बनाउने हाम्रो जोड रहेको छ ।’
‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापना भएको बैंकले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्य लिएको बताए ।

दुई अर्ब लगानीमा स्थापना गरिएको बैंकमा हालसम्म ५ सय ९० प्रमोटर शेयर सदस्य रहेकोले प्रमोटरको सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भएको साथै बैंकले आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले बताएका छन् ।
कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएकोले बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतिले बताए ।

बैंकले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम शुरु गर्ने तयारी गरेको र हाल कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देही सहित १३ जिल्लामा जग्गा लिएर उत्पादन शुरु गरिसकेकोले हाल झापा, मोरङ, सुनसरी लगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ ।