गायिका निशा केसीले ल्याईन बसन्त थापा संग नया मौलिक गीत

काठमाण्डौ – पछिल्लो समय नया गीतहरुको होडबाजी चल्दै गर्दा लोक गायिका निशा केसिको प्रस्तुतिमा इनेपाल युटवमा सिम फाँट भर्खर मात्र सार्वजनिक भएको छ।लोक संगीतलाइ सबैको मन मुटुले तानेको हुन्छ त्यहि मन मुटु भित्र प्रबेस भएका कलाकारहरु भित्र निशा जोडिएकी हुन्। गीतमा वसन्त थापा र निशा केसीको आवाज रहेको छ ।

केही समय अघि मात्र रोधिघर संचालन गरेको रोधिघरले संगीतमा पनि आफ्नो उपस्थिति जनाइरहेको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको पछिल्लो गीत पनि निकै उत्कृष्ट रहेको छ । गीतलाई कस्तुप पन्तले शब्द सिर्जना गरेका छन् भने गायिका आफैले लय संकलन गरेकी छन् ।गीतको म्युजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् लोमस शर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ।
भिडियो हेरौ :