अन्जु पन्तको बिहेपछिको पहिलो दोहोरी गीतमा पल शाह र गरिमाको झल्कियो प्रेम

नेपाली सुगम क्षेत्रेकि लोकप्रिय गायिका अन्जु पन्त दोहोरीमा पनि निरन्तर आउन थालेकी छिन सोहि कारण पनि हुन् सक्छ जाले रुमालमा अन्जु पन्त अनुबन्धित भएकी हुन्। नेपाली लोक दोहोरी क्षेत्रका एक प्रसिद्ध सर्जक तथा गायक हुन् कमल खनाल,उनि हाल अमेरिका बस्दै आएका छन उनि राम्रो सृजना गर्ने मात्र हैन निकै सुमधुर आवाज भर्ने गायक पनि हुन्।

उनले आवाज दिएको डाली पलायो गीतले लोकदोहोरी इतिहासलाई नै ब्रेक गरेको थियो त्यसैको फल स्वरूप उनि निरन्तर गीत संगीतमा छन सोहि कारण उनकै आवाजमा अन्जु पन्तको साथमा जाले रुमाल यो समय बजारमा आएको छ।गीतमा लय तथा शब्द भने कमल खनालकै रहेको छ।

कमल खनालकै युटुब मार्फत बजारमा आएको गीतमा लोकप्रिय मोडल पल साह र गरिमा शर्माको दमदार अभिनय रहेको छ।चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।नवराज उप्रेतीको छायांकन रहेको भिडियो यो समय कमल खनालकै आफ्नै युटुब मार्फत बजारमा आएको हो । भिडियो निकै ददमर बनेको छ,हेरौ पुरा भिडियो: