गायिका अन्जु पन्तको बिहेपछिको पहिलो गीतको भिडियो बाहिरियो,सबैलाई रूहायो गीतले

लोकप्रिय गायिका अन्जु पन्तको बिबाह भएपछि निस्केको पहिलो गीत “म मरेर “भन्ने बोलको भिडियो बजारमा सार्वजनिक भएको छ। गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

गीतमा सत्यकला लामा ,चिरन्जिबी सापकोटा ,मुना खड्का र समर नेपालको अभिनय रहेको छ । उक्त गीत ए.एम.एस इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । गीतमा सुरज अधकारीको शब्द तथा संगीत रहेको छ ।गीतमा निर्देशन सिर्जन बरालले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।भिडियो छायांकन भने रेशम दर्लामीको रहेको छ ।