३ ताला माथिबाट लडेर ज्यान गुमाएका प्रहरी जवानको अन्तिम श्रधान्जली अर्पण गरियो (भिडियो सहित )

पोखरा वडा नम्बर १८ सराङ्कोटमा रहेको वडा कार्यालयको भवनसँगै रहेको तेश्रो तलामा रहेका प्रहरी जवान ठग बहादुर आलेको ३२ वर्षको उमेरमा नै ज्यान गएको छ।

२०६४ सालमा प्रहरीमा भर्ती भएका गोरखाका आले एक वर्ष अगाडि देखि सराङ्कोटमा थिए । उनी लडेपछि साथीहरुले उद्धार गरी उपचारका लागि मनिपाल अस्पताल लगेकोमा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेका हुन् । प्रहरी भवन नहुँदा जवानहरु वडा कार्यालयमा बसदै आएका थिए। मंगलबार बिहान ३ बजेको समयमा खसेका आलेले कस्की प्रहरीका प्रवक्ता सुवास हमालका अनुसार कुनै मधिरा लगाएतका केहि पनि पदार्थ सेवन गरेका थिएनन। प्रहरी रहेकै भवनमा सहकारीको सिसि क्यामेरा भएको हुनाले पनि छिटैनै घटनाको कारण खुल्ने परिवारले आशा गरेका छन।

आलेलाई सुरुमा पोखराको मणिपाल अस्पताल लगिएको थियो भने हिजो मात्रै उनको शव पोस्टमार्टमको लागि पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने कास्की प्रहरीले जनाएको छ
यस्तै आज बिहान मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा नेपाल प्रहरीको बिशेस टोलीले शोक शालामी अर्पण गरी अन्तिम श्रधान्जली अर्पण गरेको छ। आलेको शवलाई आज नै उनको आफन्त परिवारको जिम्मा लगाईएको थियो। श्रधान्जली सभा पछि आलेको शव आफन्तले बुझेका छन।

सुचना प्राप्त भएअनुसार आज नै आलेको अन्तिम श्रधान्जली अर्थात उनको नेपालकै प्रसिद्ध तिर्थ स्थल देवघाट धाम मा अन्त्य्स्ति गरिने छ।