किन दिए चुनावको मुखैमा राष्ट्रिय संगीतकर्मी संघका बरिष्ट उपाध्यक्ष नवराज ढुंगानाले पदबाट राजिनामा ?

काठमाडौं / राष्ट्रिय संगितकर्मि संघ का वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले आफ्नो पद बाट राजिनामा दिएका छन।

संस्थापक सह- सचिवका रुपमा २०६२ सालदेखी निरन्तर संस्थाको हक हितको लागि निरन्तर लागि परेका ढुंगानाको एक्कासी राजिनामा आएपछी राष्ट्रिय संगितकर्मी संघमा तरङ्ग आएको छ। उनले घरायसि कामका कारण देखाउदै राजिनामा दिएका हुन् ।

देशभर ६० भन्दा बढि जिल्लामा संस्थाकाे शाखा विस्तार रहेकाे छ । चैत्र २८ र २९ गते केन्द्रिय महादिवेशनकाे मिति तय भैसकेकाे छ भने जिल्ला तथा प्रदेषका अभिवेशन धमाधम भैरहेका छन् ।

वरिष्ठ उपाध्यक्ष पद सम्हालेर बसेका ढुंगाना आसन्न महाधिवेशन मा अध्यक्ष पदका उमेदवारका दाबेदार हुन्। गत महाधिबेसनमा अध्यक्ष पदका उमेदवार रहेका ढुंगाना ले राजेन्द्र कुमार कार्कीलाई आफु अध्यक्ष पद छोडेर समर्थन गरेका थिए।

एक्कासी राजिनामा आएपछि उनको राजिनामाको भित्री पाटो भने खुलिसकेको छैन। हिजो सामाजिक संजाल बाट राजिनामा घोषणा गरेका ढुंगानाले आज संस्थाको केन्द्रिय कार्यालय कोटेश्वरमा राजिनामाको लिखित पत्र दर्ता गराएका छन। यधपी उनको राजिनामा भने स्वीकृत हुन बांकी रहेको छ ।

प्राप्त सुचना अनुसार आज बेलुका सम्ममा थप केन्द्रिय पदाधिकारीहरुले पनि राजिनामा दिने तयारी गरेका छ्न। राजिनामाकाे बारेमा राष्ट्रिय संगितकर्मि संघले आधिकारिक कुनै प्रतिकृया दिएकाे छैन्न ।